२० भाद्र २०८३, शनिबार
,
Latest
खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रंगशाला निर्माणका लागि २४ लाख संकलन



अ+ अ-

चितवन । दुई महिना रोकिएर काम सुरु भएकै दिन चितवनमा निर्माणाधीन गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि २४ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

चितवनमा रहेको पूर्वेली समाज र त्यसमा आवद्ध सदस्यहरुले २४ लाख रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।

पूर्वेली समाजका तर्फबाट ५ लाख, पञ्चरत्न फिडका सञ्चालक डा. तिलचन्द्र भट्टराई र प्रा.डा. शारदा थपलियाबाट १० लाख, कुमार डाँगीबाट ५ लाख, वडा नः १२ वडाध्यक्ष नरेन्द्र कन्दगवाबाट १ लाख ३५ हजार र शिवकुमार घिमिरेबाट १ लाख ५ हजार सहयोग रंगशाला निर्माणका लागि सहयोग रकम फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मसलाई हस्तान्तरण गरे ।

सोहि दिन नै रंगशाला निर्माणका लागि चितवनको गाउँपालिका इच्छाकामनामा, गाउँपालिका अध्यक्ष गीता गुरूङको संयोजकत्वमा ४६ सदस्यीय क्रिकेट रंगशाला निर्माण सहयोग समिति गठन गरिएको अध्यक्ष धुर्मसले बताए ।

रकम हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र प्रदेश सांसद विजय सुवेदीले पूर्वेली समाजले रंगशाला निर्माणका लागि ठूलो सहयोग गरेको भन्दै सह्राहना गरे ।