११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

संरक्षणमा नेपालबाट सिक्न चाहन्छौंः चीन

संरक्षणमा नेपालबाट सिक्न चाहन्छौंः चीन
अ अ+ अ-

काठमाण्डौं, ८ साउन– नेपाल र उत्तर छिमेकी चीनबीच आगामी दिनमा वन तथा वातावरण संरक्षण र पर्यावरणीय सन्तुलन कायम गर्नेबारेमा भइरहेका प्रयासबारे अनुभव आदान–प्रदान गर्ने काम भएको छ । यस्तै दुई मुलुकबीच वन, वातावरण, वन्यजन्तु तथा समग्र जैविक विविधताको व्यवस्थापनका साथै वातावरण र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल समेत भएको छ । चिनियाँ अधिकारीहरुले नेपालले संरक्षण क्षेत्रमा जनसहभागितामा आधारित नमुना कार्यक्रमहरु सञ्चालन गरिरहेकामा प्रशंसा गर्दै आफूहरु त्यसबाट सिक्न इच्चुक रहेको बताएका छन् ।

नेपाल भ्रमणमा रहेको चिनियाँ जनकाँग्रेस (संसद) को चिनियाँ जनकाँग्रेसको वातावरण तथास्रोत संरक्षण समितिका अध्यक्ष काओ हुछङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले बुधबार वन तवा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग भेटेर नेपालको अनुभवबाट आफूहरु सिक्न इच्छुक रहेको बताएको हो । टोली नेता हुछङले आफूहरु संरक्षणक्षेत्र र राष्ट्रिय पार्कसम्बन्धी नयाँ कानूनको मस्यौदा ड्राफ्ट गर्ने प्रक्रियामा रहेको र त्यसैका लागि अनुभवबारे बुझ्न नेपाल आएको बताउनुभयो । ‘वन, वातावरण, वन्यजन्तु संरक्षण र पर्यायवरणको क्षेत्रमा नेपाललले धेरै राम्रो काम गरेको छ’, हुछेङले भन्नुभयो, ‘हामी तपाईंहरुको अनुभवबाट सिक्न आएका हौं, हाम्रो देशमा कानून बनाउँदा तपाईंहरुले गरिरहेको अभ्यासलाई समेट्ने योजनामा छौं ।’ चीन नेपालभन्दा भूगोलका आधारमा ठूलो भए पनि दुई देशबीच सदैव समानता, सह–अस्तित्व र भातृत्वमा आधारित सम्बन्ध रहेको चर्चा गर्दै उहाँले वातावरण संरक्षण र लजवायु परिवर्तनका क्षेत्रमा समेत नयाँ सहकार्यको जरुरी देखिएको औंल्याउनुभयो । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं महाधिवेशनमा राष्ट्रपति सी जिनफिङले पर्यायवरण विचारधारा प्रस्ताव गरेको र त्यसले चीनमा मात्र नभई संसारभरि कसरी पर्यावरणीय सन्तुलन कायम राख्ने भन्ने दिशानिर्देश गरेको उल्लेख गर्नुभयो ।

वन तथा वातावरणमन्त्री बस्नेतले नेपालको वन तथा वातावरण, संरक्षण क्षेत्र, निकुञ्ज र आरक्षका छुट्टाछुट्टै कानूनी व्यवस्था र नियमावलीहरुका व्यवस्थाबारे चिनियाँ टोलीलाई अवगत गराउनुभयो । उहाँले राष्ट्रिय निकुञ्जहरुबाट भएको आम्दानीको ५० प्रतिशत हिस्सा मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयका लागि खर्च गर्ने गरिएको जानकारी दिँदै त्यसले संरक्षणमा स्थानीयको सहभागिता र स्वामित्व सुनिश्चित गरेको बताउनुभयो । मन्त्री बस्नेतले पृथ्वीको सुरक्षा र प्राणी जगतको हित विश्वको अनिवार्य दायित्व भएकाले त्यसमा नेपाल–चीन सहार्य जरुरी रहेकामा जोड दिनुभयो । राजनीति, कूटनीति, अर्थनीति तथा पर्यावरणलाई एकाकार गर्नुपर्ने उहाँको भनाइ थियो । नेपाल ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराका साथ विकासको अभियानमा जुटेको भन्दै मन्त्री बस्नेतले त्यसमा सहयोग गर्न चीनलाई आग्रह गर्नुभयो । ‘हामी समृद्ध नेपाल, सुखी नेपाली अभियानमा छौं’, बस्नेतले भन्नुभयो, ‘यसमा राष्ट्रिय सीमाभन्दा बाहिरको सहयोग र सहकार्य जरुरी छ, हामी चीनसँग सहकार्य गर्न चाहन्छौं ।’

मन्त्री बस्नेतले हरित ग्याँस उत्सर्जनमा नेपालको भूमिका नगण्य अर्थात ०.०२७ प्रतिशत रहेको भए पनि त्यसबाट अतिप्रभावितको सूचीमा रहनु दुःखद विषय भएको उल्लेख गर्नुभयो । ससंघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईको निमन्त्रणामा नेपाल आएको चिनियाँ जनकँग्रेस टोलीले यसअघि सभामुख कृणबहादुर महरासँग शिष्टाचार भेट गरेको थियो ।