१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जथाभावी बोर्ड राख्न नपाइने



अ+ अ-

काठमाडौँ । कुनै सेवा, वस्तु र कार्यक्रम प्रचारका लागि बिजुली, टेलिफोन, सोलारलगायत सार्वजनिक सेवा प्रदान गर्न गाडिएका खम्बामा ‘होर्डिङ बोर्ड’ राख्न नपाइने भएको छ ।

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा भइरहेको विज्ञापन नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा जथाभाबी राखिने होर्डिङ बोर्डले सहर कुरूप बनाएको भन्दै सांसदहरूले यस्तो सहमति गरेका हुन् ।

सहमतिअनुसार विधेयक पारित भयो भने उक्त कानुन लागू भएपछि हाल सहरमा जथाभाबी रूपमा राखिएको होर्डिङ बोर्ड हटाउनुपर्छ । यो कानुन बनेपछि तोकिएको निकायको स्वीकृतिबिना बोर्ड राख्न पाइनेछैन । यस्तो स्वीकृति पनि कानुनले तोकेको स्थानमा मात्र दिन सक्ने प्रावधान विधेयकमा छ ।

समितिमा बुधबार भएको छलफलमा सत्ता र प्रतिपक्षी सांसदले धार्मिक एवं सांस्कृतिक क्षेत्र, विश्वसम्पदा सूचीमा सूचीकृत स्थानलगायत सहरी क्षेत्र र प्राकृतिक सौन्दर्यमा बाधा पुग्ने गरी कुनै पनि सार्वजनिक स्थलमा होर्डिङ बोर्ड राख्न नपाउने प्रावधान लागू गर्न सांसद सहमत भएका छन् ।

होर्डिङ बोर्डलाई वैकल्पिक सञ्चार माध्यमका रूपमा प्रयोग गरिँदै आएको छ । प्रस्तावित प्रावधानले सार्वजनिक स्थलमा खम्बा राख्ने निकायले पनि आफूखुसी होर्डिङ बोर्ड राख्ने स्वीकृति दिन नपाउने समितिकी सभापति कल्याणीकुमारी खडकालेजानकारी दिइन् ।

विधेयकमा विज्ञापन गर्न पाउने र नपाउने सेवा, कार्यक्रम र वस्तुको यकिन गरेको छ । विधेयकको दफा ५ को उपदफा ९१० र ९२० मा २४ वटा बुँदामा विज्ञापन गर्न नहुने विषय तोकिएको छ । निषेध गरिएको विषयमध्ये क्यासिनोको विज्ञापन गर्न पाउने कि नपाउने भन्ने विषयमा भने सांसदले फरकफरक धारणा राखेका छन् ।

क्यासिनो सञ्चालन गर्न दिएपछि त्यसको विज्ञापन गर्न नदिने प्रावधान व्यावहारिक नहुने सांसद दिव्यमणि राजभण्डारीले बताए । संसदबाट स्वीकृत भइसकेपछि विभिन्न बहानामा विधेयकका प्रावधान लागू गर्न आलटाल गर्ने प्रवृत्ति रोक्न सांसदहरूले सरकारले प्रयोग गर्ने स्वविवेकी अधिकार कटौती गरेका छन् ।

विधेयकमाथिको छलफलपछि राष्ट्रिय सभाले सरकारले राजपत्रमा सूचना निकालेपछि लागू गरिनेछ भन्ने सुझावलाई परिवर्तन गरेर समितिले तुरुन्त प्रारम्भ गर्नुपर्ने बाध्यकारी प्रावधान राखेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।