१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिम्चुङबुङमा खाद्यान्न लैजान मौसम बाधक



अ+ अ-

उदयपुर। खराब मौसमले हेलिकप्टर अवतरण हुन नसक्दा प्रदेश १ सरकारले पठाएको खाद्यान्न बिहीबार दुर्गम लिम्चुङबुङ गाउँपालिकामा पुर्‍याउन सकिएन । त्यहाँ लैजान नसकिएपछि उक्त खाद्यान्न ताप्ली गाउँपालिका लगिएको छ ।

विराटनगरबाट लिम्चुङबुङका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण ताप्लीको रूपाटारमा अवतरण गराएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । उनका अनुसार लिम्चुङबुङका लागि लैजान विराटनगर विमानस्थलमा हेलिकप्टर तयारी अवस्थामा छ ।

प्रदेश १ सरकारले लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा बिहीबार खाद्यान्न पठाएको हो । पहिरोले सडक थुनिएर ढुवानी हुन नसक्दा ती गाउँमा खाद्यान्न संकट चुलिएको थियो । गाउँपालिकाले असार ३१ गते ‘संकटग्रस्त’ घोषणा गर्दै सहयोग आहवान गरेको थियो ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बुधबारको निर्णयअनुसार चामल ८ हजार १० किलो, रहर दाल १ हजार ९ सय ९५ किलो, नुन ५ सय किलो र खाने तेल ५ सय लिटर पठाइएको छ । विराटनगर विमानस्थलबाट प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सेनाको हेलिकप्टरमा खाद्यान्न पठाएका हुन् ।

उक्त हेलिकप्टरले एकपटकमा २ हजार १० किलो चामल, १ सय ८० किलो रहर दाल, १ सय २० किलो नुन र १ सय २० लिटर
खाने तेल बोकेको छ । ताप्ली र लिम्चुङबुङमा दुई–दुईपटक ढुवानी गरिने मन्त्रीकार्कीले बताए । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार गाउँपालिका जोड्ने गाईघाट–लिम्चुङबुङ–हलेसी, कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ र गाईघाट–फाक्सिङटार–लिम्चुङबुङगरी ३ वटै सडक वर्षाले क्षतिग्रस्त छ । उक्त भेगका ६ हजारभन्दा बढी जनसंख्या प्रभावित भएको उनको भनाइ छ ।

मन्त्री कार्कीले क्षतिग्रस्त सडक एक साताभित्र मर्मत र ट्र्याक खोली सञ्चालनमा ल्याउन प्राविधिकलाई निर्देशन दिइसकिएको बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।