१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई जहाज चढेर हुम्ला पुग्यो करोडौको तरकारी



अ+ अ-

सिमकोट । हुम्ला जिल्लाई सडक यातायातले जोडेको छैन । नेपालकै दुर्गम मध्येको एक जिल्ला हुम्लामा वर्षमा हवाई चढेर एक करोड १२ लाख रुपिँयाको तरकारी पुग्छ भनेर धेरैलाई पत्यार नलाग्न सक्छ । तर तथ्याङ्बाट त्यो कुरा पुष्टि भएको छ । गत आर्थिक वर्षमा हुम्ला सिमकोटमा मात्रै एककरोड १२ लाख बराबरको तरकारी आयात भएको छ ।

आवश्यक अनुसार तरकारी उत्पादन नभएपछि नेपालगंज र सुर्खेतबाट महङ्गो हवाई ढुवानी गरेर तरकारी आयात भएको हो । यसमा यात्रुहरुले साथमा ल्याउने तरकारीको मुल्य समावेश गरिएको छैन ।

मङ्सिरदेखि जेठ महिनासम्म प्रतिदिन दुईसय क्वीन्टल र असारदेखि कार्तिक महिनासम्म प्रतिदिन औसत एकसय क्विन्टल तरकारी नेपालगंज र सुर्खेतबाट सिमकोटमा हवाई मार्गबाट ढुवानी भएर आउने उद्योग बाणिज्य संघ हुम्लाका विमानस्थल प्रतिनिधि टेकबहादुर रोकायाले बताउनुभयो ।

मानसरोवर कैलाशको पर्यटकीय सिजनमा हेलिकोप्टरबाट तरकारी होटेल व्यवसायीहरुले भित्र्याउने गरेका छन् । यसरी प्रत्येक दिन प्रत्येक यात्रुहरुले दुईचार किलो हरियो तरकारी हातमै बोकेरै आउने गरेका छन् ।

अहिले नेपालगंजबाट प्रतिकिलो ढुवानी दर एकसय २० रुपियाँ र सुर्खेतबाट प्रतिकिलो एकसय पाँच पियाँ रहेको छ । गएको एक वर्षमा जेठदेखि कार्तिकसम्म एकसय ५० दिनमा प्रतिदिन एकसय केजी तरकारी नेपालगंज र सुर्खेतबाट हवाई मार्गबाट ढुवानी हुँदै आएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।