८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा भारतिय एसएसबिको दादागिरी, फेरी सिमामा यस्तो आतंक



अ+ अ-

बुटवल । नेपालमा भारती एसएसबिको ज्यादती बढ्दै गएको छ । भारतले रूपन्देही जिल्लास्थित दुई देशकाबीचमा रहने दशगजा क्षेत्र अतिक्रमण गरी प्रहरी चौकी निर्माण गरेको हो ।

भारतले दशगजा क्षेत्रमा प्रहरी चौकी नै निर्माण गरेपछि जमिनको स्वामित्व सम्बन्धी विवाद सिर्जना भएको छ । नेपालको सडक विस्तारका क्रममा केही सरकारी कार्यालय भत्काउने क्रममा भारतले दशगजामा नै संरचना निर्माण गरेको पाइएको हो ।

स्थानियवासीले सीमा मिचिएको बारेमा प्रतिनिधि सभा सदस्य घनश्याम भुसाललाई जानकारी पाएपछि बिहीबार दशगजा क्षेत्रको निरीक्षण गर्न पुगेका थिए ।

सांसद भुसालकै पहलमा दशगजा मिचिदा जिल्लास्थित नापी कार्यालय, जिल्ला प्रशासन र सीमा सुरक्षा गणका प्रतिनिधिको रोहबरमा नेपालको छुटेको जमिनको नापजाँच गरिएको छ ।