३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने

मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने ? हेर्नुहोस् देखिन्छन् यस्ता लक्षणहरु

मिर्गौलामा पत्थरी भएको कसरी थाहा पाउने ? हेर्नुहोस् देखिन्छन् यस्ता लक्षणहरु
अ+ अ-
Human kidney anatomy isolated on white photo-realistic vector illustration

काठमाडौं । मिर्गौलाले शरिरका हानीकारक पदार्थलाई वाहिर फ्याक्ने र काम लाग्ने तत्वहरुलाई विभिन्न सम्बन्धित अंगमा पठाउने काम गर्छ । मिर्गौलामा हुने पत्थरी मानिसहरुको सामान्य समस्या जस्तै भएको छ ।

अस्वस्थ्यकर जीवनशैली र असन्तुलित खानपानका कारण मानिसहरुमा पत्थरीको समस्या बढ्दै गएको छ । पछिल्लो समय मिर्गौलामा पत्थरी भएका बिरामीहरु बढ्दै गएको चिकित्सकहरु बताउँछन् ।

मिर्गौलामा पत्थरी हुनुको निश्चित कारण हुँदैन । हावापानी तथा वातावरणको प्रभावले पनि मिर्गौलामा पत्थरी हुनसक्छ । तपाईको परिवारमा कुनै सदस्यालाई मिर्गौलामा पत्थरी भएको छ भने तपाईमा पनि पत्थरी हुने सम्भावन हुन्छ ।

मिर्गौलामा पत्थरी भएमा पिसाब नलीमा विभिन्न फोहोर अड्किन थाल्छ । जसले गर्दा थप संक्रमण देखा पर्छ र मिर्गौला नै फेल हुन जान्छ । जसले गर्दा मुटुलगायत शरिरका अन्य भागमा समेत गम्भीर असर पुग्छ ।

मिर्गौलामा पत्थरी हुने कारण

–नुनको बढी सेवन गर्ने बानी छ भने त्यसलाई परिवर्तन गर्नुस् । नुनको बढी प्रयोग गर्दा पत्थरी बन्ने प्रक्रिया छिटो हुन्छ ।

–मोटोपनको समस्या

–अत्याधिका मात्रामा माछा मासु र गेडागुडीको सेवन गर्ने व्यक्तिमा प्रोटिन बढी भइ पत्थरी हुनसक्छ ।

– विभिन्न खालका औषधीको सेवनलेसमेत पत्थरीको समस्या हुन्छ । जस्तो की थाइराइड, क्याल्सीयमजस्ताको अत्याधिक औषधी सेवनले पत्थरीको समस्या निम्त्याउँछ ।

– शरिरमा हुने विभिन्न खालका संक्रमणका कारण पनि पत्थरी हुनसक्छ ।

–पानी कम पीउने मानिसमा पत्थरी हुने जोखिम हुन्छ ।

– बढी मात्रामा पालुङ्गोको साग प्रयोग गर्दा पनि मिर्गौलामा पत्थरीको समस्या देखिन सक्छ ।

गर्मीमा मिर्गौलामा पत्थरी हुने सम्भावना बढी

गर्मी मौसममा बस्ने मानिसलाई पत्थरीको समस्या बढी हुन्छ । गर्मीका कारण मानिसको शरीरबाट धेरै पसिना बग्छ । शरीरमा पानीको कमी भएमा पिसावबाट विकार पदार्थ निस्कन पाउँदैन । जुन मिर्गौला मै थिग्रिएर बस्छ र पत्थरको रुपमा विकास हुन्छ ।

पत्थरी भएको कसरी थाहा पाउने ?

– पत्थरीको समस्या भएमा कोखा, ढाड, तल्लो पेटमा अत्याधिक पीडा हुन्छ ।

– पिसाब फेर्न गाह्रो हुन्छ ।

– पिसाबमा रगतसमेत देखा पर्न थाल्छ ।

–ज्वरो आउँछ

– वाकवाक लाग्छ ।

–वान्ता हुने लगायतका लक्षणहरु देखिन्छ ।