२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेल्फीले लियो युवतीको ज्यान



अ+ अ-

रामेछाप । जिल्लाको सदरमुकाम मन्थलीमा सेल्फी खिच्नेक्रममा तामाकोशी नदीमा खसेर शुक्रबार एक युवतीको ज्यान गएको छ।

मन्थली नगरपालिका वडा नं २ स्थित कठजोर खोला नजिकैबाट तामाकोशी नदी किनारमा सेल्फी खिच्ने क्रममा भक्तपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा नं ६ घर भएकी १९ बर्षिया शर्मिला कर्मचार्य तामाकोशी नदीमा खसेर ज्यान गएको हो।

नदीसमेत आउने गरी सेल्फी खिच्नेक्रममा तामाकोशीमा खसेर बगाएकी कर्माचार्य मन्थली विमानस्थल नजिकबाट नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले उद्धार गरी उपचारका लागि तामाकोशी अस्पताल लगिएको र उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए।

मृतक कर्मचार्य केही साथीसहित दोलखा घुम्न हिडेको प्रहरीले जनाएको छ। लाशलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा राखिएको छ। मृतक आफन्त भक्तपुरबाट मन्थली आउदै गरेको र उनीहरु आएपश्चात भोली मात्र पोष्टमार्टम गरी लाश परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।