२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेपाल प्रहरी श्रीमान् संघ चाहिं किन नबनाउने’ ?



अ+ अ-

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ हुन्छ भने ‘नेपाल प्रहरी श्रीमान् संघ चाहिं किन नबनाउने’ भन्ने प्रश्न उठेको छ। नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललाई नक्सालस्थित संगठनको केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित राष्ट्रिय दैनिक, अनलाइन न्युजपोर्टल र अन्य सम्पादकसँगको अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले सुझाव दिए, ‘श्रीमती संघ सामन्ती अवशेष हो, राजतन्त्र हुँदा बडामहारानीका पछिलाग्ने हिसाबले कुनै बेला गठन भएको संस्था, तर आज यसको सान्दर्भिकता छैन, खारेज गरिनुपर्छ।’

प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरीले हालसम्म हासिल गरेका उपलव्धि र वर्तमान स्थितिका बारेमा प्रकाश पारेपछि, ‘सञ्चारविज्ञ सम्पादकज्यूहरुबाट सुझाव र केही जिज्ञासा छन् भने सुन्न चाहन्छौं’ भन्दै सबैसँग आह्वान गरेपछि केही वरिष्ठ सम्पादकहरुले यस प्रकारको सुझाव दिएका हुन्। ‘तपाईं त धेरै विकसित देश घुम्नुभएको मानिस, त्यहाँ पनि श्रीमती संघ हुँदोरहेछरु’ कूटनीतिक र भद्र विषय प्रवेशवाला प्रश्न थियो।

‘समाय लैङ्गिक समानताको छ, हामी समानुपातिक समावेशितायुक्त जेसीको अवधारणामा छौं । नेपाल प्रहरी श्रीमती संघ खोलिएजस्तै नेपाल प्रहरी श्रीमान् संघ पनि खोल्ने कि ’ अर्का सहभागीले अलि पेचिलो बनाए दोस्रो प्रश्नलाई ।

‘आजको लोकतान्त्रिक र प्रगतिशील समाजमा श्रीमान्–श्रीमतीको नातामा आधारित संगठन खोल्नु र श्रीमान् आईजीपी भएका कारण श्रीमती अध्यक्ष हुनेगरी खोलिएको संस्था प्रभावमा रहनु सुहाउने विषय होइन, तपाईंकै पालामा यसलाई किन बन्द नगर्ने’ प्रत्यक्ष विश्लेषणसहितको सीधा तेस्रो प्रश्न गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।