८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उत्तर कोरियाद्वारा रुसी डुङ्गा मुक्त



अ+ अ-

सियोल । उत्तर कोरियाले आफ्नो जलक्षेत्रमा जबर्जस्ती प्रवेश गरेको भन्दै नियन्त्रणमा लिएको एउटा माछा मार्ने डुङ्गा छाडिदिएको रुसी अधिकारीहरुले बताएका छन् ।

प्योङयाङस्थित रुसी राजदूतावासका अनुसार उक्त डुङ्गामा १५ जना रुसी र दुई जना दक्षिण कोरियाली सवार थिए ।

गत जुलाई १७ मा रसियन नर्थ–इस्टर्न फिसिङ कम्पनीको उक्त डुङ्गा उत्तर कोरियाली सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । सियाङ हाई लीन ८ नाम दिइएको उक्त डुङ्गा स्थानीय समय अनुसार शनिबार साँझपख उत्तर कोरियाली बन्दरगाह वोनसानबाट रुसतर्फ प्रस्थान गरेको रुसी राजदूतावासले जनाएको छ ।

दक्षिण कोरियाली एकीकरण मन्त्रालयले उक्त डुङ्गा सुरक्षित रुपमा फर्किएकामा सन्तोष व्यक्त गरेको छ । उक्त डुङ्गा आइतबार अपराह्न दक्षिण कोरियाको सोक्चो आइपुगेको छ ।

उक्त डुङ्गा दक्षिण कोरियाबाट जापानी समुद्रमा गंगटा मार्दै उत्तरतर्फ गएको थियो । अधिकारीहरुका अनुसार उक्त डुङ्गा उत्तर कोरियाली सीमाबाट करिब १०० मिटर टाढा रहेको थियो ।

रुसी तट रक्षकहरुले पनि काठको डुङ्गामा बसेर माछा मार्ने उत्तर कोरियालीहरुलाई बारम्बार पक्राउ गर्ने र लामो समय जेलमा राख्ने गरेको बताइएको छ ।