८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनद्वारा अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठायो



अ+ अ-

काबुल । चीनले अफगानिस्तानलाई मानवीय सहायतासम्बन्धी सामग्रीको दोस्रो लट पठाएको छ । दोस्रो लटको सामग्री सोमबार काबुल आइपुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । चिसो मौसमका लागि भन्दै चीनले सोमबार यी सामग्री पठाएको हो । सोमबार काबुलमा आयोजना भएको एक कार्यक्रममा यी सामग्री हस्तान्तरण गरिएको हो ।

रेलमार्फत् ती सामग्री सोमबार अफगानिस्तानको राजधानी काबुल पुर्‍याइएको थियो । अफगानिस्तानको तालिबान सरकारका एक उपमन्त्री र अफगानिस्तानका लागि चिनियाँ राजदूत उपस्थित एक समारोहमा सोमबार ती सामग्री प्रदान गरिएको थियो ।अफगानिस्तानका लागि रेलमा ती सागम्री ल्याइएको बताइएको छ । ती सामग्रीहरुमा ७० हजार वटा ब्लांकेट र ४० हजार वटा डाउन कोट रहेका बताइएको छ ।

चीनले विगतदेखि अफगानिस्तानलाई सहयोग गर्दै आएको छ । यसअघि पनि चीनले खाद्यान्न र लत्ता कपडा सहयोग गरेको थियो । अहिले भने जाडो मौसमका लागि जाडो कपडा पठाइएको छ भने केही आधारभूत औषधिहरू पनि त्यहाँ पठाइएको समाचारमा जनाइएको छ । अफगानिस्तानका तालिबानहरूले सशस्त्र विद्रोह गरेर यहाँको सरकारलाई विस्थापित गरेका थिए । त्यसयता यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ । (रासस/सिन्ह्वा)