२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथका ठेकेदारको यस्तो दादागिरी, सम्बन्धित निकाय मौन



अ+ अ-

काठमाडौं । चीन सरकारले विस्तार सम्पन्न गरेको कलंकी–कोटेश्वर खण्डको विभिन्न भागमा सडक विभागले आकाशे पुल निर्माणको काम गरिरहेको छ ।

यात्रुको सहजताका लागि विभागले बालकुमारी, सातदोवाटो, महालक्ष्मीस्थान, एकान्तकुना, सानेपा र बल्खुमा गरी ६ स्थानमा आकाशे पुल बनाइरहेको हो ।
चीन सरकारले यस सडकमा कोटेश्वर र धोबीघाटमा गरी दुई स्थानमा आकाशे पुल निर्माण गरेको थियो । विभागले दुई वर्षअघि पुल निर्माणका लागि ठेक्का लगाई ठेकेदार छनोट भइसकेर काममा लागिसकेको त छ तर अहिलेसम्म कुनै पुल सम्पन्न भइसकेको छैन ।

सानेपा, बल्खु र महालक्ष्मीस्थानबाहेक सबै स्थानमा काम सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका इन्जिनियर निरञ्जन शर्माले सानेपा र बल्खुमा जगको कामबाहेक केही नभएको र महालक्ष्मीस्थानमा सुरु समेत नभएको बताउनुभयो ।

उहाँका अनुसार असार मसान्तसम्म ६ वटै पुल निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर दुई वर्षभित्र नबनेको पुल यो असारमा पनि सम्पन्न हुन सकेन । ‘६ वटै पुल निर्माण सम्पन्न गर्ने समयावधि यो असार मसान्तसम्म थियो । तर कुनैमा काम आधा पनि सकेको छैन भने कुनैमा सुरु समेत भएको छैन’ –उहाँले बताउनुभयो ।

दुई वर्षअघि २५ करोड लागतमा निर्माण सम्पन्न गर्न ६ ओटा पुलको विभिन्न कम्पनीसँग सम्झौता भएको थियो । सानेपा, बल्खु र महालक्ष्मीस्थानमा आकाशे पुल निर्माण गर्ने जिम्मा पूर्णचण्डी/ड्रामा जेभीले पाएको थियो । तर दुई वर्ष सकिन केही हप्ता मात्रै बाँकी रहँदा पनि ठेकेदार पक्षले जोडबल नगरिएकोप्रति विभाग आक्रोशित बनेको इन्जिनियर शर्माले बताउनुभयो ।

ठेकेदारले आफ्नो प्राविधिकलगायत अन्य समस्या देखाएर आलटाल गर्दै काम गर्न नमानिरहेको भन्दै उहाँले ठेकेदार कारबाहीमा पर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–‘ठेकेदार पक्ष बनाउने त भन्छन् तर कामै सुरु गर्या छैन । असारभित्र सम्पन्न नभए ठेकेदार कारबाहीमा पर्छ । हामीले ठेकेदारलाई ताकेता गरेका छौँ ।’

विभागले दुई वर्ष बितिसक्दा पनि ४५ प्रतिशत काम नसकिएको जनाउँदै सानेपा, बल्खु र महालक्ष्मीस्थानबाहेकको स्थानका पुल बनाउने कामले केही गति लिएको दावी गरेको छ ।

कोटेश्वर–कलंकी सडक मर्मत मनसुनपछि
चक्रपथको कोटेश्वर–कलंकी सडक खण्डमा मर्मत–सम्भारको काम मनसुनपछि सुरु गर्ने सडक विभागले जनाएको छ । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको चक्रपथको उक्त सडक खण्डको केही भागमा टुट्फुट देखिएको छ ।

अहिले मर्मत–सम्भार गर्न सम्भव नहुने भएकाले मनसुन रोकिएपछि उक्त कार्य गर्ने काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरन्जन शर्माले जानकरी दिनुभयो ।

एकान्तकुना, महालक्ष्मीस्थान र सातदोबाटो सडक खण्डमा टुटफुट देखिएको छ । यसअघि ग्वार्को, बिएण्डबि ओरालो, चापागाउँ दोवाटो, महालक्ष्मी स्थान, एकान्तकुना लगायतमा पर्ने सडक खण्डमा सडक भत्किएको थियो ।
टुट्फुट भएको उक्त सडक खण्डलाई थप विग्रिन नदिन जिम्मेवार ढंगले लागिरहेको बताउँदै इन्जिनियर शर्माले भन्नुभयो–‘सडक निर्माण सम्पन्न भएपछि तत्काल मर्मत पनि गर्नुपर्नेहुन्छ किनकी टुटफुट आउन सक्छ । यो पनि त्यही अन्तर्गत परेको हो ।’

चक्रपथको उक्त सडक कतै भासिएको त कतै चर्केको देखिन्छ । गत माघमा चीन सरकारले १० किमि लम्बाइको उक्त सडक विस्तार गरी सडक विभागलाई हस्तान्तरण गरेको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।