• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य ★   श्रीमानको असार १५ ★   उत्पादित अन्नको जिम्मेबारी स्थानीयतहले लिने नीति आबश्यक: नेता अब्दुल सत्तार ★   पत्नी आरजुसहित बालकोटमा देउवा, ओलीसँग सवा दुई घण्टा कुराकानी ★   कमेडी च्याम्पियन सिजन-३ का विजेता बने सुनिल खड्का ★   उत्पादत्व वृद्धिका निम्ति परम्परागत पद्धति परित्याग गर्न मन्त्री चौधरीको सुझाव

देउवाद्वारा नियुक्त प्रवक्ता शर्माको कुरा सुन्दा नेता पौडेल मुसुमुसु हाँसेपछि…



काठमाडौं । कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा युवा नेताहरूले १४औँ महाधिवेशनको कार्यतालिका बनाउन माग गरेका छन् । महाधिवेशनको कार्यतालिकासँगै अन्तरिम संरचना गठन गर्नुपर्ने युवा नेताहरूको प्रस्ताव छ । नेता गगन थापाले समय धेरै घर्किसकेको भन्दै १४औँ महाधिवेशनको मिति घोषणा गरेर यसैभित्र अन्तरिम संरचना गठन गर्दै तालिकाबद्ध रूपमा अघि बढ्न नेतृत्वलाई सुझाएका हुन् ।

प्रक्रिया सुरु भइसकेपछि ०७७ मंसिरसम्ममा १४औँ महाधिवेशन गरिसक्ने गरी अघि बढ्न ढिलाइ गर्न नहुने उनको भनाइ थियो । ‘हामीले यो वर्ष अधिवेशन गर्न नसकेपछि अब १४औँ महाधिवेशन हाम्रो मुख्य प्राथमिकता हो, अब ०७७ को वर्ष नसकिँदै महाधिवेशन सक्ने गरी कार्यतालिका प्रस्तुत गरौँ,’ थापाले केन्द्रीय समिति बैठकमा भने ।

थापाले अन्तरिम संरचना कार्यातालिकाभित्र पार्न पनि सुझाए । ‘योभित्रै कार्यतालिकाको पहिलो काम अन्तरिम संरचना बनाउनेबाट सुरु हुन्छ, त्यसपछि क्रियाशील सदस्यता बाँड्नेसहितका कामलाई अघि बढाऊँ ।’ बैठकमा अर्का युवा नेता गुरुराज घिमिरेले पनि निर्वाचनको प्रक्रियाभित्रैबाट सहमति गर्न सकिने बताए । अघिल्ला दिनको बैठकमा भाग लिँदै अर्का युवा नेता प्रदीप पौडेलसहितका नेताले पनि महाधिवेशनको मिति छिटो घोषणा गरेर प्रक्रियाभित्रैबाट सहमति खोज्नुपर्ने बताएका थिए ।

बैठकमा केन्द्रीय सदस्य वीरबहादुर बलायरले सभापतिले अरूलाई दोष दिनेभन्दा आफैँ अग्रसरता लिएर एकपछि अर्को निर्णय गर्दै जानुपर्ने बताए । भीष्मराज आङदेम्बेले नेताहरू मिलेर जानुको विकल्प नभएकामा जोड दिए । सोमबारको बैठकमा ज्ञानेन्द्रबहादुर कार्की, मानबहादुर विश्वकर्मा, किरण यादव, बहादुरसिंह लामासहित बोलेका थिए । अन्तरिम संरचनाका विषयमा के गर्ने भन्ने विषयमा सम्भवतः मंगलबार पदाधिकारीहरूले बोलेपछि निर्णय लिने तयारी कांग्रेसको छ ।

देउवा र पौडेलमाथि प्रवक्ताकै प्रश्न
बैठकमा युवा नेता एवं प्रवक्ता विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलमाथि प्रश्न उठाएका छन् । ‘सभापतिज्यूले हिजो सुशील कोइरालाले विभाग, कार्यसम्पादन समिति नबनाउँदा र भ्रातृसंस्था लथालिंग पार्दा उहाँमाथि आरोप लगाउनुभयो,’ शर्माले बैठकमा भने, ‘तर, आज तपाईंको कार्यकालको तीन वर्षमा त्यही भएको छ ।’
देउवाद्वारा नियुक्त प्रवक्ताले यसो भनिरहँदा नेता पौडेल मुसुमुसु हाँसिरहेका थिए । तर, शर्माको वाँण उनीतिर पनि सोझियो ।

‘सभापतिको विषय आउँदा वरिष्ठ नेता मुस्कुराउनुभयो, तर वरिष्ठ नेताज्यू, हिजो देउवाले ४० प्रतिशत भाग मागेको कारण पार्टीले गति लिन नसकेको आरोप लगाउनुभयो । तर, आज तपाईं नै भाग माग्दै हुनुहुन्छ । के तपाईंचाहिँ दोषी हुनुहुन्न ?’ पार्टीभित्र एकता र सक्रियताको खाँचो रहेको भन्दै देशको संकटमा एक भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । एकातिर विप्लव माओवादीको आतंक र अर्कोतिर महिनामा सयौँ लास विदेशबाट आउने गरेको तथ्यप्रति संवेदनशील भएर राजनीति गर्नुपर्ने उनको भनाइ थियो ।

महाधिवेशन तालिकासँगै अन्तरिम संरचना बनाऔँ
गगन थापा

१४औँ महाधिवेशनभित्रै आन्तरिक संरचना बनाउने गरी कार्यतालिका बनाएर जाऊँ । कति ठाउँमा संगठनको विषय मिलिसक्यो भन्ने छ । तर, मिल्यो कि मिलेन भन्ने विषयलाई निर्वाचनको विधिभित्र पारेर निर्णय गर्नुपर्छ । प्रक्रियाभित्रबाट मिलाउनुपर्छ । बाहिरबाट मिलाउँदा विधानबाहिरको अभ्यास हुन्छ । कुनै पनि हालतमा अर्को वर्षको महाधिवेशन गरौँ । एक वर्ष र ६ महिनाको कुरा गर्दा ०७८ भदौमा महाधिवेशन पुग्छ । यस्तो नगरौँ । ०७७ को मंसिरसम्म १४औँ महाधिवेशन गरौँ । यो बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरौँ । प्रक्रियाभित्रबाट चुनावमा गएर अन्तरिम संरचना गठन गरौँ ।

प्रक्रियाभित्रैबाट सहमति गर्नुपर्छ
गुरु घिमिरे

एउटा विकल्प सहमतिमा मिलाउने हो । तर, सहमति नभए चुनावमा जानुपर्छ । संविधान बनाउँदा हामीले कति ठूला संक्रमणलाई त मिलायौँ । यो त पार्टी हो । पार्टीमा नमिल्ने भन्ने छैन । चुनावमा जाँदा धर्ती नै भासिन्छ भन्ने रूपमा लिनुहुन्न । निर्वाचनको प्रक्रियामा पनि सहमति हुन सक्छ, भएन भने चुनावमा जानुपर्छ । संक्रमणकालीन व्यवस्थाअनुसारका संरचना बनाउन यही भन्ने अड्डी कसैले पनि लिनुहुँदैन । तर, छिटो गर्नुपर्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।