१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरकाे बाेडेमा युवक र युवतीकाे शव झुण्डिएकाे अवस्थामा फेला



अ+ अ-

भक्तपुर । मध्यपुर थिमि नगरपालिका बोडेमा दुई जना एकै ठाउँमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसे घर भई भक्तपुरको बोडेमा कोठामा बस्दै आएका २१ वर्षीय जीवन तामाङ र रामेछाप जिल्लाका बेथान घर भई हाल जीवनसँग बोडेमा बस्दै आएकी १८ वर्षीया मंगली घिसिङ भएको महानगरीय प्रहरी वृत्त थिमिले जानकारी दिएको छ ।

बोडेमा कोठा भाडामा बस्ने जीवन र रामेछाप बेथान घर भई हाल जीवनसँग बस्दै आएकी १८ वर्षकी मंगलीबीच प्रेम सम्बन्ध भएकाले सँगै बस्दै आएको अनुमान प्रहरीको छ । उनीहरु मंगलबार कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।

मृतक दुई जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कोइरालाले बताए ।