नुवाकोट । ककनी गाउँपालिका–१ को वडा कार्यालयमा मंगलबार राति बम विस्फोट गराइएको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेका बेला नुवाकोट वडा कार्यालयमा बम विस्फोट तथा आगजनी भएका हुन्।विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण कागजपत्रलगायत सरसामान नष्ट भएका छन्।
बम विस्फोट विप्लव समूहले गराएको आशंका गरिए पनि अहिलेसम्म यसको जिम्ममा लिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।