९ आश्विन २०८१, बुधबार
,
Latest
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

धोनी आजदेखि कस्मिरमा गस्ती गर्दै



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी आजदेखि जम्मु कास्मिर उपत्यकामा गस्तीमा गएका छन्।उनी प्याराकमाण्डोको बटालियनमा १५ दिन ड्युटी गर्नेछन् ।

प्रादेशिक सेनाको प्यारासुट रेजिमेन्टका मानार्थ लेफ्टिनेट कर्णेल धोनीले सेनाको पोसाकमा गस्ती गर्ने भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

१५ अगस्त उनले त्यहीँ मनाउनेछन् । त्यसपछि प्रशिक्षणका लागि बैंग्लुरु पुग्नेछन् । आतंकवादग्रस्त क्षेत्रमा धोनीले १९ किलोग्राम वजन भएको वन्दोवस्तीका सामान लिएर हिँड्नुपर्नेछ ।

३८ वर्षीय धोनी सन् २०११ मा प्रादेशिक सेनाको मानार्थ लेफ्टिनेट कर्णेल बनेका थिए।यसअघि प्यारासुट रेजिमेन्टमा दुई महिना बिताउने धोनीको चाहनालाई भारतीय सेनाका जनरल बिपिन रावतले अनुमति दिने बताएका थिए।

प्याराकमान्डो को जुन बटालियनमा धोनी तैनाथ हुनेछन्, त्यहाँ विभिन्न सैनिक युनिटहरु रहेका छन् । त्यहाँ देशका विभिन्न क्षेत्रबाट आएका करिब ७ सय सैनिक रहेका छन् । त्यसमा गोरखा, राजपूत, जाटजस्ता सबै रेजिमेन्टका सैनिक सामेल छन् ।त्यहाँ धोनीले दिन र रात दुवै सिफ्टमा ड्युटी गर्ने बताइएको छ ।

धोनीले गत आइतबार आफू २ महिना सेनामा बिताउने भारतीय क्रिकेट टिमका चयन समितिलाई बताएका थिए। टेस्टबाट संन्यास लिइसकेका धोनीले एकदिवसीय र टी–२० खेलबाट तत्काल सन्यास नलिने पनि बताएका थिए।

धोनी इण्डिज जाने टिममा नभएपछि भारतीय क्रिकेट बोर्डले रिशव पन्तलाई विकेटकिपरको भूमिका दिएको छ। पन्त वान डे र टी–२० फर्म्याटको क्रिकेटमा विकेटकिपर बन्न पाउनेछन्। टेस्टमा भने ऋद्धिमान साह पनि विकेटकिपरको रुपमा टिममा छन्।