२० भाद्र २०८३, शनिबार
,
Latest
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापान एयरलाइन्सको नाफा ३२ प्रतिशत घट्यो



अ+ अ-

टोकियो । जापानको राष्ट्रिय ध्वजाबाहक जापान एयरलाइन्सको पहिलो त्रैमासिकको खूद नाफा करिब ३२ प्रतिशतले घटेको छ । इन्धनको मूल्य वृद्धि र अमेरिका–चीनबीचको व्यापार युद्धपछि कार्गो ढुवानीमा आएको मन्दीका कारण नाफा घटेको जापान एयरलाइन्सले जनाएको छ ।

अप्रिल–जुन महिनाको अवधिमा जापान एयरलाइन्सको नाफामा कमी आई १२ अर्ब येन (जापानी मुद्रा) भएको छ । अघिल्लो वर्ष करिब १८ अर्ब खूद नाफा थियो । तर बिक्रीमा भने ४ प्रतिशत सुधार आएर तीन खर्ब ५५ अर्ब येन भएको छ ।

अमेरिका र इरानबीचको बढ्दो तनाबले इन्धनको मूल्यमा निरन्तर वृद्धि भइरहेको छ, एयरलाइन्सले जारी गरेको विवरणमा उल्लेख छ । विज्ञप्तिमा कम्पनीको नाफा निरन्तर खस्किएको र तत्काल सुधार हुने सम्भावना कमै रहेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय कार्गो व्यवसायको आयमा पनि ३.३ प्रतिशतले कमी आएको छ । खासगरी अमेरिका–चीन बीचको व्यापार अवरोधले कार्गो व्यवसायमा अन्यौल बढेको हो ।