२० भाद्र २०८३, शनिबार
,
Latest
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिकले जरिवाना तिराएको रिसमा विद्युत कर्मचारीले चौकीको लाइन काटिदिए



अ+ अ-

काठमाडौं । मंगलबार भारतको उत्तर प्रदेशको फिरोजाबादमा ट्राफिक चेकिङ भइरहेको थियो । त्यही बाटो लाइनम्यान श्रीनिवास बिग्रिएको विद्युत बनाउन जाँदै थिए ।

ट्राफिकले उनलाई रोके र हेल्मेट नलगाएको भन्दै जरिवाना तिराए । लाइनम्यानले आफू बिग्रेको विद्युत बनाउन जान लागेको भन्दै आफ्ना इन्जिनियरलाई फोन गरेर ट्राफिकँग कुरा गराए । तर, ट्राफिकले उल्टै इन्जिनियरलाई नै ट्राफिक नियमको पाठ पढाए ।

जरिवाना तिरेको कुरा लाइनम्यानले विद्युत विभागका उच्च अधिकारीहरुलाई बताए । त्यसपछि विद्युत विभागले प्रहरी चौकीकै हुर्मत लियो ।

चौकीले ६ लाख ६२ हजार ४६३ रुपैयाँ विद्युत महसुल तिर्न बाँकी थियो । लाइनम्यानले पनि समयमा महसुल नतिर्नेमाथि कारवाहीस्वरुप चौकीको लाइन काटिदिए । जसका कारण रातको समयमा त्यहाँ काम ठप्प भयो ।