७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिकले जरिवाना तिराएको रिसमा विद्युत कर्मचारीले चौकीको लाइन काटिदिए



अ+ अ-

काठमाडौं । मंगलबार भारतको उत्तर प्रदेशको फिरोजाबादमा ट्राफिक चेकिङ भइरहेको थियो । त्यही बाटो लाइनम्यान श्रीनिवास बिग्रिएको विद्युत बनाउन जाँदै थिए ।

ट्राफिकले उनलाई रोके र हेल्मेट नलगाएको भन्दै जरिवाना तिराए । लाइनम्यानले आफू बिग्रेको विद्युत बनाउन जान लागेको भन्दै आफ्ना इन्जिनियरलाई फोन गरेर ट्राफिकँग कुरा गराए । तर, ट्राफिकले उल्टै इन्जिनियरलाई नै ट्राफिक नियमको पाठ पढाए ।

जरिवाना तिरेको कुरा लाइनम्यानले विद्युत विभागका उच्च अधिकारीहरुलाई बताए । त्यसपछि विद्युत विभागले प्रहरी चौकीकै हुर्मत लियो ।

चौकीले ६ लाख ६२ हजार ४६३ रुपैयाँ विद्युत महसुल तिर्न बाँकी थियो । लाइनम्यानले पनि समयमा महसुल नतिर्नेमाथि कारवाहीस्वरुप चौकीको लाइन काटिदिए । जसका कारण रातको समयमा त्यहाँ काम ठप्प भयो ।