४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिनको ‘आर्क ब्रिज’ सञ्चालनमा



अ+ अ-

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गतको मुग्लिन नारायणगढ सडक खण्डस्थित तनहुँ– चितवन जोड्ने आर्क ब्रिज सञ्चालनमा आएको छ।

नेपालले आफ्नै लगानी, प्रविधि र दक्षता प्रयोग गरी यो आर्क ब्रिज निर्माण गरेको हो । सडक विभागको पुल महाशाखाका अनुसार २ वर्षअघि नै बनिसक्नुपर्ने पुल ढिला गरी निर्माण सकिएर सञ्चालनमा ल्याइएको छ । नयाँ प्रविधिमा नेपाली ठेकेदारले नै काम गरेकोले यो पुल बनाउँदा ढिलाई भएर तीनपटक म्याद थप गर्नुपरेको थियो ।

पुल योजना मध्ये क्षेत्र सेक्टर नम्बर दुई ललितपुर योजना प्रमुख अंगलाल रोकायाले काम सम्पन्न भएलगत्तै आर्क ब्रिज सञ्चालनमा आएको बताए। ‘जेठमा सम्पन्न हुने पर्नेमा पेन्टीङ्ग गर्ने काम बाँकी थियो र सोमबारबाट सञ्चालनमा आएको हो’ उनले भने। उक्त पुल १२ करोड लागतमा बनेको हो।

यो पुलको निर्माण इलाइट एड्भेन्चर लोहनी जेभीले गरको हो । यो नेपाली ठेकेदार कम्पनी नै हो । डिजाइन एन्ट मल्टि मोडलमा बनेको पुलको डिजाइन पनि नेपाली ठेकेदारले नै गरेका हुन् । १६० मिटर लम्बाई र ११ मिटर चौडाईमा बनेको सो पुल दुई लेनमा बनेको छ।