७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाल्डोमा जमेको पानीमा डुब्दा एकै घरका दाजु बहिनीको मृत्यु



अ+ अ-
सांकेतिक तस्विर

रौतहट । खाल्डोमा जमेको पानीमा डुब्दा रौतहटमा एकै घरका दाजु बहिनीको मृत्यु भएको छ ।

चन्द्रपुर नगरपालिका ९ डुमरियामामा इँटा उद्योगले बनाएको खाल्डोमा जमेको पानीमा स्थानीय ११ बर्षका अनिश साह र ८ बर्षकी कल्पना साहको मृत्यु भएको हो ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी नविन कार्कीका अनुसार सर्लाहीको हरिपुर नगरपालिका ४ का सञ्जय साहका छोराछोरीको डुबेर मृत्यु भएको बताए । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानएको छ ।

मृतकको शब पोष्टमार्टमको लागि चन्द्रनिगाहपर अस्पतालमा राखिएको छ ।