७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनीको आरोपमा एक पक्राउ



अ+ अ-

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं ३ को वडा कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा गैँडाटारका रेवप्रसाद मैनाली रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक कवित कटुवालले जानकारी दिए ।

आगजनीबाट करीब रु छ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । आगजनीबाट कार्यालयमा रहेको कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामानका साथै कागजातसमेत नष्ट भएको वडा अध्यक्ष बोधराज देवकोटाले जानकारी दिनुभयो । गएराति करिब १ बजे वडा कार्यालयमा आगजनी भएको थियो ।