१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन समिति नबनेसम्म संसद् अवरुद्ध



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाही घटनाबारे छानबिन गर्न माग गर्दै संसद् अवरुद्ध गरेका छन् । बुधबार संसद् बैठक सुरु हुनासाथ कांग्रेस र राजपाका सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् । सर्लाही घटनाको बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै दुई दलले समिति गठन नभएसम्म बैठक चल्न नदिने चेतावनी दिएका छन् ।

बुधबारको बैठक सुरु हुनासाथ दुवै दलका सांसदहरु उठेका थिए । सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न पटक–पटक अनुरोध गर्दा पनि सांसदहरुले अस्वीकार गर्दै संसद अवरुद्ध गरेका हुन् ।

सांसदहरुले अवरोध कायमै राखेपछि सभामुख महराले लगत्तै शून्य समय प्रारम्भ भएको जानकारी गराउनुभएको थियो । तर दुवै दलका सांसदले रोष्टम घेराउ गर्दै नाराबाजीपछि सभामुख महराले बैठक बिहीबारसम्मका लागि स्थगित गर्नुभएको थियो ।

राष्ट्रिय जनता पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजकिशोर यादवले सभामुख महराले सर्वदलीय बैठकमार्फत समस्या समाधानको लागि पहल गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो,‘सर्लाही घटनाको बारेमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्छ, समिति गठन नभएसम्म संसद चल्न दिदैनौ ।’

सर्लाही घटनाको विषयलाई लिएर दोस्रो दिन संसद् अवरुद्ध भएपछि सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरुले भने यसको पक्ष र विपक्षमा आ–आफ्ना धारणा व्यक्त गर्दैआएका छन् ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले अवरोधपछि तीन–चार पटक बैठक बसिसकेको बताउनभुयो । ‘यी सबै कुरामा प्रधानमन्त्रीलाई पनि जानकारी छ तर यो विषय अझै टुङ्गिएको छैन’, उहाँले भन्नुभयो ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्लाही घटनाको छानबिन गर्नुपर्ने माग गर्दा सरकार र सभामुखले नसुन्नु भनेको घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउनुभयो ।

नेपाली काँग्रेसका सांसद गगनकुमार थापाले उक्त घटनाका सम्बन्धमा सरकारले स्पष्टीकरण दिए पनि संसदीय छानबिन समिति गठन नगरेसम्म सदन चल्न नसक्ने प्रतिक्रिया दिनुभयो । बुधवार ४५ मिटेको अवरोधपछि संसद बैठक स्थगित भएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।