४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुट्टाछुट्टै दुर्घटनामा घटनामा दुईको मृत्यु



अ+ अ-

भक्तपुर । भक्तपुरमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नंको बोलेरो गाडी आफँै अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

गाडी सडकबाट करीब पाँच मिटर तल खस्दा गाडीमा सवार चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। घाइते गाडी चालक दोलखा मेलुङ गाउँपालिका–१ घर भई हाल जिल्ला चाँगुनारायण–७ बागेश्वरी बस्ने २० वर्षीय प्रदीप राउतको भने भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

त्यसैगरी गएराति मध्यपुरथिमि–३ गठ्ठाघरमा भक्तपुरबाट काठमाडाँैतर्फ जाँदै गरेको ना६त ८६८ नंको ट्र्याक्टरमा सोही दिशातर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नंको माटरसाइकल पछाडिबाट ठक्कर खाँदा एकको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार रामेछाप सुनापाती गापा–३ घर भएका २९ वर्षीय रोमन तामाङको ट्रमा सेन्टर काठमाडौँ उपचारका क्रममा मृत्यु भएको प्रनाउ पोखरेलले जानकारी दिए । दुर्घटनामा घाइते हुने मोटरसाइकल चालक रामेछाप सुनापाती गापा–३ बस्ने २८ वर्षीय धनबहादुर थिङको ट्रमा सेन्टर काठमाडाँैमा उपचार भइरहेको छ ।

घटनामा उदयपुर कटारी घर भई हाल जडीबुटी बस्ने ३१ वर्षीय रबिन खत्रीलाई महानगरीय प्रहरी वृत्त थिमिले नियन्त्रणमा लिएको छ भने फरार ट्र्याक्टर चालकको खोजी भइरहेको प्रहरीले जनाएकोे छ ।