२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन ढिलाइ



अ+ अ-


नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउने प्रक्रियामा ढिलाइ भएको छ । “यो राजनीतिसँग पनि जोडिएको विषय भएकाले ढिलो हुनु स्वाभाविक हो । केही समयभित्रै हामी पुनः प्रयास थाल्ने छौँ”, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले भने ।

महानगरपालिका बनाउन आवश्यक भौतिक पूर्वाधार, भौगोलिक क्षेत्र, जनसङ्ख्यालगायतका आवश्यक विषयमा छलफल भने भइरहेको उनले बताए । महानगरपालिकाको सम्भाव्यता अध्ययन तथा अन्य कामका लागि नगरसभाबाट रु २५ लाख बजेट पनि छुट्याइएको छ ।

प्रदेश नं ५ सरकारले महानगरपालिकाका लागि सारेको अवधारणाका आधारमा नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन शुरु गरिएको थियो । तर, शुरुको एक वर्ष केही काम गर्न खोजेकोजस्तो देखिए पनि अहिले आएर यसको गति निकै सुस्त देखिएको छ ।

नगरप्रमुख धवलशम्शेर राणाका अनुसार, प्रदेश नं ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही र नेपालगञ्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ । “आगामी स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकालाई हामी महानगरपालिका बनाइसक्ने गरी सबै पूर्वाधार जुटाइसक्छौँ”, नगरप्रमुख राणाले भने।

नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन बाँके जिल्लाको कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना रहेको छ ।




भर्खरै