काठमाडौं । निर्वाचन आयोगले रिक्त रहेका स्थानहरूमा उपचुनावको तयारी सुरू गरेको छ।
प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली रहेका ४७ वटा स्थानका लागि आउँदो मंसिरभित्रै उपचुनाव गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।
बिहीबार कान्तिपथस्थित आयोगको सभाकक्षमा बस्ने बैठकमा राष्ट्रिय दलसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ दललाई बोलाइएको छ । दलहरूसँग छलफलपछि सरकारलाई उपनिर्वाचनको मिति सिफारिस गर्न लागिएको आयुक्त थपलियाले जानकारी दिए ।
आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ । ३८ वडामा पनि जनप्रतिनिधि छैनन् ।