२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नवनियुक्त मन्त्री भट्टराईद्वारा बल्खु र पेरिसडाँडा पुगेर शहीदप्रति माल्यार्पण



अ+ अ-

काठमाडौं ।नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेका छन् ।

मन्त्री भएलगत्तै आज बिहान तत्कालीन नेकपा (एमाले) को पुरानो पार्टी कार्यालय मदननगर बल्खु पुगेर उनले भण्डारीको सालिकमा फूलमाला चढाएर माल्यापर्ण गरेका हुन् । बल्खुपछि मन्त्री भटृराईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिस डाँडास्थित पार्टी कार्यालयमा शहीद तथा बेपत्ता व्यक्तिको स्मरणमा बनाइएको शहीद तथा बेपत्ता योेद्धा स्तम्भमा समेत माल्यापर्ण गर्दै शहीदप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

शहीदको बलिदानबाटै अहिले हामी यो अवस्थामा आइपुग्न सफल भएको बताउँदै उनले नेपाल वायुसेवा निगमको साखलाई उचाइ पु¥याउने र निर्माणाधीन पोखरा, बारा तथा लुम्बिनी अन्तरराष्ट्रिय विमानस्थललाई निर्धारित समयभन्दा चाँडै नै बनाइनेसमेत बताए ।

बुधबार पर्यटनमन्त्रीमा नियुक्त भएपछि मन्त्री भट्टराई लैनचौरस्थित शहीद स्तम्भ पुगेर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।