२० भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी विदेशमन्त्रीमाथि अमेरिकी प्रतिबन्ध, अमेरिका डरायो– इरान



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी विदेशमन्त्री मोहम्मद जावाद जरिफमाथि बुधबार प्रतिबन्धहरु लगाउने घोषणा गरेको छ ।

अमेरिकी प्रतिबन्धहरुमा विदेशमन्त्री जरिफको संयुक्तराज्य अमेरिकामा रहेको वा अमेरिकी संस्थाहरुको नियन्त्रणमा रहेको सम्पत्ति रोक्का गरिनुका साथै जरिफको अन्तर्राष्ट्रिय भ्रमणलाई सीमित गरिने छ ।

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनद्वारा जारी वक्तव्यमा जरिफले इरानी सर्वोच्च नेताका एजेन्डाको जथाभावी पक्षपोषण गरेको तथा इरानी सत्ताको मुख्य प्रवक्ताका रुपमा विश्वभर इरानी धारणा फैल्याएको उल्लेख छ । वक्तव्यमा इरानी सत्ताको अहिलेका गतिविधि पूर्णतः अस्वीकार्य रहेकाले प्रतिबन्ध लगाउनु परेको जनाइएको छ ।

अमेरिकाले यसअघि इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी विरुद्ध पनि प्रतिबन्धहरु लगाएको थियो ।इरान र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्धमा तनाबको स्थिति रहेकै बेला अमेरिकाको नयाँ घोषणा सार्वजनिक भएको हो ।

तर यसैबीच तीन वटा इरानी नागरिक आणविक परियोजनालाई छुट दिन बुधबार मात्र अमेरिकाले मन्जुरी दिएको थियो । खासगरी सन् २०१५ को आणविक सम्झौताका हस्ताक्षरकर्ता चीन, रुस, जर्मनी, फ्रान्स र बेलायतलाई विश्वासमा लिन पनि उक्त कदम चालिएको अनुमान छ ।

इरान मामिलामा कडा कदम चाल्नुपर्छ भन्ने ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले भने – यो ९० दिनका लागि मात्र म्याद थप गरिएको हो । हामी इरानी आणविक कार्यक्रमका बारेमा ज्यादै नजिकबाट मूल्याँकन गरिरहेका छौं ।

इरानले आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनमा केन्द्रित रहेको दाबी गर्दै आएको छ । तर अमेरिका र साउदी अरेबीया, इजरायल समेतका खाडी क्षेत्रका केही मुलुकले इरानले गोप्य रुपमा आणविक हतियार निर्माण गरिरहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी विदेशमन्त्री जरिफले विदेशमन्त्रीको रुपमा नभई इरानी “प्रपोगन्डा” मन्त्रीका रुपमा काम गरिरहेको बताएको ह्वाइट हाउसका एक उच्च पदाधिकारीले बताएका छन् ।

यसैबीच इरानी राष्ट्रपति हस्सन रौहानीले विदेशमन्त्री मोहम्मद जरिफमाथि प्रतिबन्ध लगाउने अमेरिकी निर्णय गलत रहेको बताएका छन् । उनले आफ्ना विदेशमन्त्री जरिफबाट अमेरिका भयभित र त्रसित हुनुपर्ने कुनै कारण नरहेको बताउँदै पछिल्ला घटनाक्रमले इरानी भनाईको प्रतिवाद गर्न सक्ने सामथ्र्य अमेरिकाले गुमाएको जनाएको छ ।

अमेरिकाको न्यूयोर्कमा विदेशी सञ्चार माध्यमलाई विदेशमन्त्री जरिफले अन्तर्वार्ताहरु दिएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति रौहानीले एक टेलिभिजन अन्तर्वार्तामा भने – अमेरिकीहरु हाम्रा विदेशमन्त्रीका अन्तर्वार्ताबाट डराएका छन् ।




भर्खरै