७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले चेकजाँच नगर भन्दैमा विषादी परीक्षण रोकिदैन: मन्त्री खनाल



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले सीमा नाकामा विषादी चेकजाँचलाई निरन्तरता दिने बताएका छन् । कसैले चेकजाँच नगर भन्दैमा विषादी परीक्षण नरोकिने उनले बताए ।

शुक्रबार चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसिएसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले जनताको स्वास्थ्यको चिन्ता सरकारलाई भएको भन्दै मन्त्री खनालले विषादी चेकजाँचका विषयमा आफू गम्भीर भएको बताए ।

‘भारतभन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो’, उनले भने, ‘त्यसलाई निरान्तरता दिएका छौं, दिन्छौं।’

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्ने पनि बताए । यो पटकदेखि कृषिमा अनुदानलाई व्यवस्थित र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्नेमा बढी ध्यान दिएको बताए ।

मन्त्री खनालले कृषि र पशुपन्छीको क्षेत्रमा गर्न धेरै काम रहेको भन्दै यो क्षेत्रमा सम्भावना पनि अधिक रहेको बताए ।