२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कसैले चेकजाँच नगर भन्दैमा विषादी परीक्षण रोकिदैन: मन्त्री खनाल



अ+ अ-

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले सीमा नाकामा विषादी चेकजाँचलाई निरन्तरता दिने बताएका छन् । कसैले चेकजाँच नगर भन्दैमा विषादी परीक्षण नरोकिने उनले बताए ।

शुक्रबार चितवनको भरतपुरमा भएको नेपाल भेटेरिनरी एशोसिएसनको वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले जनताको स्वास्थ्यको चिन्ता सरकारलाई भएको भन्दै मन्त्री खनालले विषादी चेकजाँचका विषयमा आफू गम्भीर भएको बताए ।

‘भारतभन्दा अघि बढेर ७ स्थानमा विषादी जाँच त गरेकै हो’, उनले भने, ‘त्यसलाई निरान्तरता दिएका छौं, दिन्छौं।’

उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्ने पनि बताए । यो पटकदेखि कृषिमा अनुदानलाई व्यवस्थित र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई परिमार्जन गर्नेमा बढी ध्यान दिएको बताए ।

मन्त्री खनालले कृषि र पशुपन्छीको क्षेत्रमा गर्न धेरै काम रहेको भन्दै यो क्षेत्रमा सम्भावना पनि अधिक रहेको बताए ।