१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपनिर्वाचनको तयारीमा लाग्यो आयोग



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी शुरु गरेको छ ।

निर्वाचनको मिति तोकिएलगतै उपनिर्वाचनको मिति थालिएको आयोगले जनाएको छ । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचनपछि रिक्त रहेको पदमा एकै दिन उपनिर्वाचन गराउने गरी आयोगले तयारी थालेको प्रवक्ता शंकरप्रसाद खरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

निर्वाचनको मिति घोषणासँगै उपनिर्वाचनका लागि मतदाता नामावली संकलन कार्य पनि आयोगले रोकेको छ । मतदाता नामावली ऐन, २०७३ बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन भन्ने व्यवस्था रहेको छ ।

प्रवक्ता खरेलका अनुसार ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरेको थियो । संकलन गरिएका मतदाता नामावलीलाई अन्तिम रुप दिने तयारी भइरहेको आयोगले जनाएको छ ।

मतदाता नामावलीलाई अन्तिम रुप दिएपछि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने भएको छ । निर्वाचन अधिकृतको कार्यालय खोल्ने, कार्यालय खोलिसकेपछि मुख्य निर्वाचन अधिकृत कार्यालयले प्रतिनिधि उम्मदेवारको मनोनय दर्ता, चुनाव चिन्ह प्रदान, मतदाता नामावली र सवारीसाधनको अनुमति दिनेदेखि निर्वाचन आचारसंहिता अनुगमनसमेत गर्नेछ ।

कार्यालयले निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन मतदान केन्द्रको उचित व्यवस्थापन, केन्द्रमा दक्ष कर्मचारी खटाउने, केन्द्रबाटै मतदाता परिचयपत्र वितरण गर्ने, आवश्यक निर्वाचन सामग्री र मतपत्र समेतको व्यवस्थापन गर्ने भएको छ ।

मतदान स्थल र केन्द्र तोक्नेलगायत निर्वाचनको तयारीहरु क्रमिक रुपमा अघि बढाउने पनि प्रवक्ता खरेलले जानकारी दिनुभयो । त्यसै गरी निर्वाचन आचारसंहिता लागू गर्ने, पर्यवेक्षणको प्रबन्ध मिलाउने कार्य पनि अघि बढाउने भएको छ ।

आयोगको विवरणअनुसार अहिले ५० ठाउँमा उपनिर्वाचन गराउनुपर्ने छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की–३ मा उपचुनाव गराउनुपर्ने छ । कास्की–३ बाट चुनाव जितेका नेकपाका सांसद रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि सो ठाउँ खाली भएको थियो ।

त्यस्तै बाग्लुङ २ ‘ख’ बाट गण्डकी प्रदेश सांसद भएका टेकबहादुर घर्ती, प्रदेश ५ को दाङ ३ ‘ख’ बाट निर्वचित उत्तरकुमार ओली र प्रदेश ३ को भक्तपुर १ ‘ख’ बाट निर्वाचित हरिशरण लामिछानेको निधन भएपछि प्रदेशसभाका तीन स्थान खाली भएको छ ।

त्यसै गरी, सुनसरीको धरान उपमहानगरपालिकामा प्रमुख तारा सुब्बाको निधन भएपछि सो नगरपालिका प्रमुखविहीन छ भने तीनवटा गाउँपालिका अध्यक्षको पदपूर्ति पनि उपचुनावबाटै गर्नुपर्ने भएको छ । एक ठाउँमा उपाध्यक्ष र ३६ जिल्लाका ४१ वटा वडा अध्यक्षका लागि उपनिर्वाचन गर्नुपर्ने आयोगका प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

निर्वाचनमा विद्युतीय मतदानको प्रयोग गर्नेबारे छलफल भइरहेको आयोगले जनाएको समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।