१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बु क्याम्पसको अर्ब जुटाउने अभियान



अ+ अ-

ओखलढुंगा । सोलुखुम्बुमा ५ सय विद्यार्थीलाई आवासीय सुविधासहितको उच्चशिक्षा उपलब्ध गराउन अभियान सुरु भएको छ। प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको पहलमा स्थापित सोलुखुम्बु बहुमुखी क्याम्पसले टुरिजम र माउन्टेनरिङ विषयमा निःशुल्क शिक्षा उपलब्ध गराउन लागेको हो। यसका लागि क्यापसले मेची–काली अभियान थालेको छ।

अभियानअन्तर्गत क्याम्पसले ७७ जिल्लाका ५ लाख व्यक्ति, ५ हजार सरकारी तथा गैरसरकारी संस्था र विश्वका २५ देशका नागरिकसँग सहयोग जुटाउँदै छ। यसलाई संसारकै धेरै नागरिकको सहभागितामा सञ्चालित पब्लिक क्याम्पस बनाइने क्याम्पस प्रमुख उद्धवकुमार शर्माले बताए।

एक व्यक्तिसँग न्यूनतम १ सय रुपैयाँ सहयोग लिएर एक अर्बको अक्षयकोष बनाउने लक्ष्य क्याम्पसको छ। अभियान आगामी पाँच वर्ष चल्नेछ। कोषको ब्याजबाट ७७ जिल्लाका एक छात्र एक छात्रा गरी १ सय ५४ जनाका लागि बर्सेनि निःशुल्क प्राविधिक तथा व्यावसयिक शिक्षाको कोटासमेत उपलब्ध हुने बताइएको छ।

स्वेदशी र विदेशीलाई पर्यटन तथा पर्वतारोहणसम्बन्धी शिक्षा दिने नेपालकै पहिलो क्याम्पसका रूपमा स्थापित गर्न अभियान थालिएको सहायक क्याम्पस प्रमुख निरञ्जन कट्टेलले जानकारी दिए।

०७६ असार मसान्तसम्म १ हजार २ जना व्यक्तिबाट १५ लाख ९८ हजार २ सय ९८ रुपैयाँ संकलन भइसकेको छ। अहिले नेपालभर र प्रथामिकताका साथ छिमेकी जिल्लामा अभियानअन्तर्गत क्याम्पसलाई इच्छादान लिने र क्याम्पसको सदस्यता हस्तान्तरण भइरहेको छ।

क्याम्पस २०५० सालमा प्रथम सगरमाथा आरोही एडमन्ड हिलारी र ०२७ सालको एसएलसीका फोर्ड फस्ट आङरिता शेर्पाको पहलमा स्थापना भएको थियो। क्याम्पसको मेचीकाली विश्व अभियानको राष्ट्रपति विद्यादेवी भण्डारीले ०७५ फागुन ४ गते शुभारम्भ गरेकी थिइन्।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सोलखुम्बु बहुमुखी क्याम्पसमा अहिले शिक्षाशास्त्र, व्यवस्थापन र मानविकी संकायमा स्नातकोत्तर तहसम्म पठनपाठन हुन्छ। यो अभियान संसारका पब्लिक क्याम्पसका लागि नमुना हुने ओखलढुंगा क्याम्पसका क्याम्पस प्रमुख नारायणबहादुर सैंजुले बताएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ।