१ पुष २०८२, मंगलवार
,
Latest
पासाङ शेर्पाको उम्मेदवारी खारेज एमाले महाधिवेशनः ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने रेडपाण्डा म्याराथनः पुरुषतर्फ गजेन्द्र र महिलातर्फ निर्मलाले उपाधि जिते दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट जेनजी सुशासन योद्धा: भट्ट परिवारको सहारा, कान्छो ढल्यो… भृकुटीमण्डपमा एमालेको ११ औं राष्ट्रिय महाधिवेशन (तस्बिरहरु) वैदेशिक रोजगारमा हुने ठगी रोक्न श्रम मन्त्रालयले ‘हेल्प टु हेल्प १० सेल’ सञ्चालनमा ल्याउने सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाले बासेका कारण पाँच लाख जरिवाना



अ+ अ-

काठमाडौं । नेपालको शहरी क्षेत्रमा भन्दा गाउँमा भाले बास्ने भन्ने कुरा एकदमै चर्चामो विषय हो । गाउँमा मान्छेहरु भाले बासेको आधारमा उज्यालो भएको विश्वास गर्दछन् । तर यही भालेका कारण एक परिवारलाई जेल जानु पर्ने समस्या आएको छ ।

बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भएपछि फ्रान्सको एक अदालतले कुखुरा धनीलाई चार हजार युरो (करिब पाँच लाख रुपैयाँ) जरिवाना तोकेको छ ।

फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसे नामका व्यक्तिको भाले सवेरै बासेर ‘डिस्टर्भ’ गरेको उल्लेख गर्दैल उनका एकजना छिमेकीले कुखुरा हटाउन अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको मुद्दामा सुनुवाई गर्दै मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको बताएको छ ।

अदालतले मुद्दा दायर गर्ने महिलाको वकिल खर्च छ सय युरो समेत तिरि कुखुराको भालेलाई अभिलम्ब हटाउन आदेश दिएको हो । गत मे २४ का दिन मुद्दा दायर गरिएको थियो ।