८ भाद्र २०८३, सोमबार
,
Latest
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर हो%LS हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाले बासेका कारण पाँच लाख जरिवाना



अ+ अ-

काठमाडौं । नेपालको शहरी क्षेत्रमा भन्दा गाउँमा भाले बास्ने भन्ने कुरा एकदमै चर्चामो विषय हो । गाउँमा मान्छेहरु भाले बासेको आधारमा उज्यालो भएको विश्वास गर्दछन् । तर यही भालेका कारण एक परिवारलाई जेल जानु पर्ने समस्या आएको छ ।

बिहान चाँडै भाले बासेका कारण छिमेकीहरुलाई ‘डिस्टर्भ’ भएको भन्दै अदालतमा मुद्दा दायर भएपछि फ्रान्सको एक अदालतले कुखुरा धनीलाई चार हजार युरो (करिब पाँच लाख रुपैयाँ) जरिवाना तोकेको छ ।

फ्रान्सको वाज क्षेत्रको मारिनी ले कम्पिन्यिय निवासी निकोला बुसे नामका व्यक्तिको भाले सवेरै बासेर ‘डिस्टर्भ’ गरेको उल्लेख गर्दैल उनका एकजना छिमेकीले कुखुरा हटाउन अदालतमा मुद्दा दायर गरेकी थिइन् । अदालतले उनको मुद्दामा सुनुवाई गर्दै मुद्दा दायर गरिएको दिनदेखि दैनिक ५० युरोका दरले बुसेलाई जरिवाना तोकेको बताएको छ ।

अदालतले मुद्दा दायर गर्ने महिलाको वकिल खर्च छ सय युरो समेत तिरि कुखुराको भालेलाई अभिलम्ब हटाउन आदेश दिएको हो । गत मे २४ का दिन मुद्दा दायर गरिएको थियो ।