काठमाडौं । बलिउड नायिका अनुश्का शर्माले दुई महिनाको छुट्टी लिने बताएकी छिन् । केही किताब पढ्न र श्रीमानसँग केहि दिनको लागि बस्न उनले छुट्टि लिने बताएका हुन् ।
भारतीय मिडियाले कम्तिमा दुई महिनाको छुट्टी मिलाउन आग्रह गरेको उल्लेख गरेको छ ।
त्यसो त उनी आफ्नै प्रोडक्सन हाउस क्लीन स्लेट फिल्मसको व्यानरमा ‘माई’ नामको वेभसिरिज बनाउने भएकी छिन् ।