१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘षट्कोण’ को औपचारिक निर्माण घोषणा



अ+ अ-

चलचित्र ‘षट्कोण’ निर्माण हुने भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको हो ।

तीन युवाको मनोविज्ञानमा आधारित रहेर निर्माण हुने यो चलचित्रलाई मिलन डी काप्रीले निर्देशन गर्नेछन् ।

चलचित्रको मुख्य भूमिकामा कलाकार कर्मा, भोलाराज सापकोटा र लोकेन्द्र लेखक देखिदैछन् । कर्मा यो चलचित्रमा पत्रकारको भूमिकामा देखिदैछन् ।

चलचित्रमा यी तीन कलाकार बाहेक विराज कडरिया र शिशिर वानेमको पनि मुख्य भूमिका छ । महिला कलाकार भने फाइनल हुन बाँकी भएको निर्माण पक्षले बताएको छ ।

क्लेमेन्टाइन प्रोडक्सनको व्यानरमा निर्माण हुने चलचित्रमा शिशिर वनेमको कथा तथा पटकथा छ । चलचित्रको संवाद महेश दवाडीले तयार गरेका हुन् । आङछेन लामाले खिच्ने चलचित्र भदौ १८ गतेबाट फ्लोरमा जानेछ ।