२१ असार २०८३, आईतवार
,
Latest
३९ लाख ठगीको अभियोगमा पक्राउ सीमा बन्द र मध्यपूर्व तनावले अफगानिस्तानको अटो व्यापार प्रभावित कोरला सडकलाई पर्यटकीय राजमार्ग बनाउने सरकारको योजना कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने मौद्रिक नीतिप्रति निजी क्षेत्रको उच्च अपेक्षा, कर्जा प्रवाह र उत्पादनमुखी नीति ल्याउन महासंघको आग्रह अर्थमन्त्री डा. वाग्लेका १०० दिन: कानुनी सुधारदेखि डिजिटल सेवा विस्तारसम्मका उपलब्धि सार्वजनिक बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘साइनो’को लागि मिरुना र राजकुमारको दौड



अ+ अ-

साउनको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘साइनो’को टिम अहिले मोफसल दौडमा छ । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा बनेको यो चलचित्रमा मिरुना मगर, नीता ढुंगाना, राजकुमार, भुवन चन्द, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

विशेषगरि, चलचित्र रिलिजको केही दिन मात्र बाँकी रहँदा मोफसलका दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यले टिम देश दौडाहामा लागेको हो ।चलचित्रको टिम पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चितवन पुगेको छ । चलचित्रको आज चितवनमा विशेष शो समेत आयोजना हुँदैछ । रमेश थापा चलचित्रका निर्देशक हुन् ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्रको मोफसल दौडमा नायिका मिरुना मगर, नव–नायक राजकुमार लगायतको टिम सहभागी छ ।