• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा ★   सर्वोच्चले रोक्यो ट्राफिक नियम उल्लंघन गर्नेलाई सडकमा खटाउने गृहमन्त्रीको निर्णय

‘साइनो’को लागि मिरुना र राजकुमारको दौड



साउनको २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘साइनो’को टिम अहिले मोफसल दौडमा छ । नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्दको निर्माणमा बनेको यो चलचित्रमा मिरुना मगर, नीता ढुंगाना, राजकुमार, भुवन चन्द, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

विशेषगरि, चलचित्र रिलिजको केही दिन मात्र बाँकी रहँदा मोफसलका दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यले टिम देश दौडाहामा लागेको हो ।चलचित्रको टिम पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर चितवन पुगेको छ । चलचित्रको आज चितवनमा विशेष शो समेत आयोजना हुँदैछ । रमेश थापा चलचित्रका निर्देशक हुन् ।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा रामेश्वर कार्कीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन छ । चलचित्रको मोफसल दौडमा नायिका मिरुना मगर, नव–नायक राजकुमार लगायतको टिम सहभागी छ ।