२८ भाद्र २०८३, आईतवार
,
Latest
‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती छिमेकको ब्रिक्स सम्मेलनमा नेपाल अनुपस्थितः उपेक्षा कि नेपालको कूटनीतिक कमजोरी सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजय र अजिथ कुमारले हलिउड सिनेमा काम गर्ने



अ+ अ-

पछिल्लो समय विदेशमा बढ्दो भारतीय सिनेमाको बजारले हलिउड निर्देशकहरूलाई भारतीय अभिनेतातर्फ आकर्षित गरेको छ । यस्तैमा तमिल सिनेमाका दुई सुपरस्टारहरू विजय र अजिथ कुमारले हलिउड सिनेमा गर्ने खबर सार्वजनिक भएको छ।

यी दुबै कलाकारले यसअघि पनि एकसाथ काम गरिसकेका छन्। दुबैले अभिनय गरेका पछिल्ला सिनेमाहरूले वक्सअफिसमा लगातार एकपछि अर्को गर्दै सफलता हासिल गरिरहेका छन्।

दुबैलाई बाहुबली सिनेमाका हलिउड स्टन्ट निर्देशक लि ह्वीटटेकरले आफ्नो आगामी सिनेमामा खेलाउन लागेको बताइन्छ।उनले सिनेमामा दुबैको अनुबन्धलाई स्वप्न सफलता भनेका छन्।

लिले यसअघि अजिथसँग आरमबममा काम गरेका थिए। पछिल्लो समय विदेशमा बढ्दो भारतीय सिनेमाको बजारले हलिउड निर्देशकहरूलाई भारतीय अभिनेतातर्फ आकर्षित गरेको हो।