२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटनाका चार गम्भीर घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लैजान माग सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस खाने नयाँनयाँ शैली, अख्तियारलाई छल्न विभिन्न उपाय खोजी



अ+ अ-

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस खाने कर्मचारीविरुद्ध स्टिङ अप्रेसन तीव्र पारेपछि कर्मचारीले घुस खान नयाँनयाँ शैली अपनाउन थालेको पाइएको छ । अख्तियारका अनुसार घुस खाने कर्मचारीले बिचौलियाका साथसाथै दोस्रो व्यक्तिको खातामा पैसा राख्न लगाएर लामो समयपछि पैसा झिक्ने शैली अपनाउने गरेका छन् । यसैगरी नगदको साटो जिन्सी सामानमार्फत घुस लिने शैली पनि अपनाउन थालेका छन् । घुस रकमको साटो घरमा विलासिताका सामान थुपार्ने प्रवृत्ति पनि कर्मचारीमा देखिएको अख्तियारको भनाइ छ । यसैगरी, प्रहरी सुरक्षाकर्मीतर्फ टिपरहरूबाट वा अन्य कुनै व्यापारिक थलोबाट मासिक रूपमा रकम उठाएर अनियमितता गर्ने गरेको पाइएको छ ।

अख्तियारले एक वर्षको अवधिमा घुस खाने २ सयभन्दा बढी कर्मचारीलाई रंगेहात पक्राउ गरेको छ । यसरी पक्राउ परेका कर्मचारीबारे अध्ययन गर्दा घुस खाने प्रवृत्ति फरकफरक पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ‘पक्राउ परेका कर्मचारीबारे अध्ययन गर्दा घुस खाने शैली फरकफरक पाइएको छ,’ प्रवक्ता कोइरालाले भने ।
अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई मंगलबार नियन्त्रणमा लिएको छ ।

बिचौलियासँग मिलिमतो गरी अनियमितता गरेको प्रमाणका आधारमा अख्तियारले उनलाई पक्राउ गरेको हो । वैदेशिक रोजगारीको सिलसिलामा श्रम स्वीकृति नलिई कतार दुबईमा ट्रान्जिट भई विभिन्न मुलुकमा जाने व्यक्तिलाई भिजिट भिसामा पठाउन बिचौलियासँग मिलेमतोमा गैरकानुनी काम गरेको पाइएपछि नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता कोइरालाले जानकारी दिए ।
विगतमा पनि मालपोत, भन्सार, यातायात, नापी, उद्योग, स्थानीय तहलगायतका सरकारी अड्डाका कर्मचारीले बिचौलियासँग मिलेर अनियमितता गर्दै आएको अख्तियारको अध्ययनले देखाएको छ ।

हुन्डीमा भने अख्तियारले भेउ नै पाएन

अख्तियारले सानातिना घटनामा घुस खाने प्रवृत्ति औंल्याए पनि ठूलाठूला अनियमितताका घटना र त्यस क्रममा आउने पैसा हुन्डीमार्फत विदेशमा पठाउने प्रवृत्तिको कर्मचारी शैलीबारे भने कुनै अनुसन्धान गर्न सकेको छैन । स्रोतका अनुसार राजस्व र भन्सार क्षेत्रमा कार्यरत कर्मचारीले अनियमित किसिमले आर्जन गरेको रकम हुन्डीमार्फत भारतका विभिन्न सहर तथा अस्ट्रेलिया र युरोपसम्ममा समेत पु¥याउने गरेका छन् । कर्मचारीका यस्ता शैली रोक्न भने अख्तियारको स्टिङ अप्रेसन प्रभावकारी बन्न नसकेको गुनासो सरोकारवालाको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।