२१ असार २०८३, आईतवार
,
Latest
ए–स्टार नेपाल बास्केटबलको उपाधि ग्रीनफोर्ड नाइट्सलाई दश ओलम्पियन खेलाडी सम्मानित डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते ट्रम्पद्वारा अमेरिकाको स्थापना र स्वतन्त्रताको मुक्त कण्ठले प्रशंसा, अमेरिका सधैँ ‘कम्युनिस्ट विचार’ विरोधी रहेको उल्लेख चीन उत्तर कोरियासँग ‘स्थिर’ सम्बन्ध विकास गर्न सहमत भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम  ‘डिस्प्ले बोर्ड’मा पानी पर्न थालेपछि डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने धारापानी-झिनडाँडा खण्ड स्तरोन्नति अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण मधेस प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखन गर्नुपर्ने प्रतिपक्षको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव तस्करीमा वायुसेवा निगमकै कर्मचारी संलग्‍न



अ+ अ-

काठमाडौं । मानव तस्करीमा संलग्न भएको आशंकामा नेपाल वायुसेवा निगमका कर्मचारीसहित दुई युवती पक्राउ परेका छन्। अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगम कार्यालयमा कार्यरत लोडर कृष्ण केसीलाई मंगलबार पक्राउ गरेको हो। केसीले सुनवल–१ नवलपरासीकी रुकमाया रुचाल र बाग्लुङपानी लम्जुङकी रीता परियारलाई गैरकानुनी बाटोबाट कतार र ओमान पठाउन सेटिङ मिलाएका थिए।

अध्यागमनले रुचाल र परियारलाई समेत नियन्त्रणमा लिएको हो। विमानस्थलस्थित अध्यागमनका कर्मचारीमाथि मानव तस्करको आरोप लागिरहेका बेला पछिल्लो पटक निगमका कर्मचारीको समेत संलग्नता पाइएको हो। ती दुई युवतीहरू निगमबाट नयाँ दिल्ली जान लागेका थिए। त्यहाँबाट उनीहरू कतार र ओमान जाने तयारीमा थिए। मानव तस्करको गिरोहले दुवै युवतीको राहदानीमा अध्यागमनको नक्कली प्रस्थान छाप लगाइदिएका थिए। त्यसमासमेत निगम कर्मचारी केसीको संलग्न रहेको स्रोतले दाबी गरेको छ।

उनीहरू अध्यागमनको बाटो छलेर विमान चढ्ने अन्तिम विन्दुसम्म पुगेका थिए। अध्यागमनको नक्कली छाप कसरी र कसले बनायो केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले अनुसन्धान थालेको छ। केसीले रुचाललाई अवैध बाटोबाट विमान चढ्ने अन्तिम विन्दुमा पुर्‍याएका थिए। परियारलाई भने उनले भित्र पुर्‍याउन पाएनन्। अध्यागमनका कर्मचारीले परियारलाई अध्यागमन डेस्क आसपासबाट पक्राउ गरेको हो।

केसीले दुवै जनाको राहदानी लिएका थिए। अध्यागमनले केसीसहित ती दुवै युवतीलाई थप अनुसन्धानका लागि विभाग पठाएको थियो। अध्यागमन विभागका अनुसन्धान अधिकृत बैकुण्ठराज रेग्मीले प्रारम्भिक छानबिनपछि निगमका कर्मचारी केसी र कतार हिँडेकी रुचाललाई थप अनुसन्धानका लागि सीआईबीलाई बुझाएको बताए। लम्जुङकी परियारलाई भने थप अनुसन्धानका लागि विभागमा राखिएको छ।

कतार हिँडेकी रुचालले आफ्नो राहदानीमा लगाएको नक्कली डिपार्चर छापबारे थाहा नभएको बताइन्। रोशन नामका एक जनाले उनीहरूलाई विमानस्थलमा सेटिङ गरेर नयाँ दिल्ली पुर्‍याइदिने भनेपछि ती युवती विमानस्थल पुगेका थिए। रुचालका अनुसार शंकर नामका अर्का व्यक्ति नयाँ दिल्लीमा रहेको र उनले आफूलाई कतार पठाइ दिने आश्वासन दिएको बताइन्। रोशन र शंकर व्यापारिक साझेदार भएको रुचालले बताइन्।

परियारलेसमेत आफूलाई रोशनले फसाएको बताइन्। होटलमा बसिरहेका बेला रोशन अत्तालिँदै आएर एक्कासी मंगलबारको टिकट भएको भन्दै एयरपोर्ट गइहाल्न उनीहरूलाई दबाब दिएको परियारले बताइन्। त्यसपछि उनीहरू विमानस्थल पुगेका थिए। परियार यसअघि दुबई गएकी थिइन् भने रुचाल पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेकी थिइन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।