१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवालाई बालुवाटारमा शुभकामना दिनेको भीड (फोटो फिचर)



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएपछि उहाँलाई शुभकामना दिन प्रधानमन्त्री निवास बालुवाटारमा भीड लागेको छ ।

सभापति पदका लागि मङ्गलबार भएको पुनः मतदानमा सभापति देउवा प्रतिस्पर्धी डा शेखर कोइरालालाई ९०७ मतान्तरले पाराजित गर्दै विजयी हुनुभएको हो । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ५७४ मा देउवाले २ हजार ७२४ मत प्राप्त गर्नुभएको थियो भने डा कोइरालाले १ हजार ८१७ मत प्राप्त गर्नुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३३ मत बदर भएको थियो ।

मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा शेखर कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।

बालुवाटारमा अहिले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरु नवनिर्वाचित सभापति देउवालाई बधाई तथा शुभकामना दिन फूलमालासहित बसेका छन् । महाधिवेशनमा भाग लिन मुलुकका विभिन्न स्थानबाट आएका महाधिवेशन प्रतिनिधिहरु घर फर्किनुअघि प्रधानमन्त्री निवास बालुवाटार पुगी बधाई तथा शुभकामना दिन पुगेका छन् ।