३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

१६ महिने शिशु मार्ने ग्रान्डीले माग्यो माफी

१६ महिने शिशु मार्ने ग्रान्डीले माग्यो माफी
अ+ अ-

काठमाडौ । ग्राण्डी अस्पतालको विषयलाई लिएर अस्पतालका निर्देशक डा.चक्रराज पाण्डे, सञ्चालक इन्जिनियर दीपक कुँवर लगायतले पीडित दोर्जे लामार निशासँग माफी मागेका छन् । उनीहरुले माफी मागेपछि दुई पक्षबीचको वार्ता पनि टुंगिएको छ ।

गत असार २० गते ग्रान्डी अस्पतालमा जन्मेको नवजात शिशुको श्रावण ६ गते अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको स्वीकार्दै उनीहरुले माफी मागेका हुन् ।

बिहीबार अस्पतालमा पीडित पक्ष र अस्पताल व्यवस्थापन समितिका तर्फबाटा छुट्टाछुट्टै वार्ताटोली बनाएर वार्ता गरेको थियो । वार्तामा महाराजगंन्ज प्रहरी बिटका प्रमुखदेखि राजनैतिक दलका नेता, अस्पताल सञ्चालक, पीडित लामासमेतको टोली बसेको थियो । वार्तामा लापरबाही गर्ने डाक्टर नर्सलाई हटाउनेसम्मको सहमति भएपछि पीडित पक्षले बिनासर्त मृतक शिशु बुझेको लामाले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

‘अस्पतालमा वार्ता भयो, हामीले के गर्नुपर्छ गर्छौं भन्दै अस्पतालका सञ्चालक इन्जिनियर दीपक कुँवरले माफी माग्नुभयो, डा. पाण्डेले पनि माफी माग्नुभयो । बिना सर्त बार्ता टुंगियो’, लामाले भन्नुभयो– ‘उक्त अस्पतालमा उपचार गर्दा लागेको खर्च बच्चा नै नबाँचेपछि लिनु राम्रो होइन भन्दै डा. पाण्डेले बच्चाको खर्च मिनाहा गर्नुभयो ।’ वार्ता टोलीमा अस्पतालका तर्फबाट पूरै व्यवस्थापन पक्ष र डा. पाण्डे बस्नुभएको थियो । लापरबाही गर्ने डाक्टरहरुले वार्ताटोली समक्ष आएर माफी माग्नुपर्छ भन्दा उहाँहरु आज छुट्टीमा रहेकाले म आफै माफी माग्छु भन्दै डा.पाण्डेले माफी माग्नुभएको लामाले बताउनुभयो ।

डा. पाण्डेका साथ अस्पताल सञ्चालक समितिले हामीसँग माफी मागे । सञ्चालक दीपकले त यतिसम्म भन्नुभयो– ‘मैले जिन्दगीमा माफी मागेको थिएनँ, आज पहिलोपटक माफी माग्नुपर्यो । यस्तो काम अब नहोस्, अब डाक्टरमाथि छानविन गर्छु र कसलाई राख्ने कसलाई नराख्ने भन्ने मेरो जिम्मामा छोड्नुस् म कारबाही गरेर तपाईंहरुलाई जानकारी गराउँछु ।’ डा. पाण्डेले भन्नुभयो– ‘मैले मिडियासामु माफी माग्नु भनेको लाइसेन्स खारेज हुनु र अस्पताल बन्द गराउनु हो, त्यसैले तपाईंहरुसमक्ष माफी माग्छु । अस्पताल मेनेजमेन्ट र मेरो तर्फबाट माफी माग्छु ।’

सबैले माफी मागेपछि मृतक बच्चा बुझेर बुद्ध धर्मअनुसार पशुपतिको जंगलमा लगेर लामा बिधिअनुसार अत्येष्टि गरिएको दोर्जे लामाले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो । ‘लापरबाही अस्पताल डाक्टरको हो ढाकछोप गर्नु व्यवस्थापनको कमजोरी हो । अस्पताल नै बन्द हुने अवस्था आएपछि अबदेखि यस्तो गल्ती गर्दैनौ भनेर माफी मागे’ –लामाको भनाइ थियो ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।