३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मोदीको सम्बोधन ‘जम्मु काश्मीरमा छिटै चुनाव’

मोदीको सम्बोधन ‘जम्मु काश्मीरमा छिटै चुनाव’
अ+ अ-

नयाँ दिल्ली। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै अनुच्छेद ३७० रद्द गर्नुलाई जम्मु काश्मीरमा नयाँ युगको सुरुवात भएको बताएका छन् । उनले पछिल्लो तीन दशकमा करिब ४५ हजार निर्दोष मानिसको ज्यान गएको बताए । उनले जम्मु काश्मीरमा छिट्टै चुनाव हुने घोषणा पनि गरे । पाकिस्तानले भारतसँगको सबै सम्बन्ध तोडेको घोषणा गरेलगत्तै मोदीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् । भारतले जम्मु काश्मीरबाट विशेष अधिकार हटाउँदै राज्यलाई दुई भागमा बाँडेको छ । पाकिस्तानले भने यो निर्णयलाई भारतको अवैधानिक कदम बताएको छ ।

मोदीले आर्टिकल ३७० र ३५ए ले जम्मु काश्मीरमा आतंकवाद, परिवारवाद र भ्रष्टाचार मौलाएको बताए । उनले देशको कानुनबाट जम्मु काश्मीरका मानिस वञ्चित रहेको बताए । उनले शिक्षाको अधिकारको लाभ लिनबाट जम्मु काश्मीरका बालबालिका वञ्चित भएको बताए । ‘देशका अन्य राज्यमा कर्मचारीका लागि छुट्टै ऐन लागू छ । तर, यस क्षेत्रका कर्मचारी यो अधिकारबाट वञ्चित गरिएको थियो । देशको अन्य राज्यमा दलितविरुद्ध हुने अन्याय रोक्नका लागि कानुन लागू छ तर जम्मू काश्मीरमा यस्तो कानुन लागु हुँदैनथ्यो ।’ उनले भने, ‘अब जम्मु काश्मीर नयाँ ऊर्जाका साथ विकास हुनेछ ।

टेक्निकल क्षेत्रको विकास हुनेछ । यहाँको पर्यटकीय क्षेत्रको विकास हुनेछ ।’ संसद्मा बनेका काननु देशको एक भागमा लागू नहुनु दुःखद् विषय भएको बताए । ‘सरकार पटेल, बाबा साहेव अम्बेडकर, डा. श्यामप्रसाद मुखर्जी, अटलजी र करोडांै देशभक्तको सपना पूरा भएको छ । अब देशको सबै नागरिकको हक र दायित्व समान छ ।’ उनले भने, ‘एक राट्र, एक परिवारका रूपमा तपाईं हामीले पूरै देशले एउटा ऐतिहासिक निर्णय गरेका छौं । अब यस क्षेत्रका नागरिकले अधिकार र अवसर पाउनेछन् ।’
उनले जम्मु काश्मीरका जनतालाई सम्बोधन गर्दै भने, ‘म एउटा कुरा स्पष्ट पार्न चाहान्छु तपाईंहरू आफ्नो जनप्रतिनिधि आफै चुन्न सक्नुहुन्छ र तपाईहरूमध्येबाट चुनिनुहुनेछ । यो अधिकार छिट्टै प्राप्त गर्नुहुनेछ,’ उनले पारदर्शी वातावरणमा प्रतिनिधि चुनिने अवसर प्राप्त भएको बताए । ‘यहाँ लोकसभा चुनावमा भोट हाल्ने अधिकार थियो तर विधानसभा र स्थानीय तहको चुनावमा मतदान गर्न सक्दैनथे । अब यो अधिकार प्राप्त भएको छ,’ उनले भने ।

उनले नयाँ व्यवस्थाको माध्यमबाट सबै मिलेर आतंवादलाई जम्मु काश्मीरबाट हटाउँदै यस सुन्दर क्षेत्रलाई विकासको नयाँ आयाम दिएर विश्वलाई उदाहरण देखाउन चाहेको बताए ।

पाकिस्तानले भने भारतको निर्णयको विरोधमा अन्तर्राष्ट्रिय समुदायसँग अपिलसमेत गरेको छ । पाकिस्तानले भारतसँग राजनीतिक सम्बन्धलाई निलम्बित गर्दै व्यापार र यातायात सम्पर्कसमेत तोडिदिएको छ । भारतले भने यो निर्णयलाई आफ्नो आन्तरिक विषय बताएको छ । बुधबार नै भारतीय प्रम मोदीले देशका नाममा सम्बोधन गर्ने तयारी गरेका थिए । तर, पूर्वविदेशमन्त्री तथा बीजेपीकी वरिष्ठ नेत्री सुष्मा स्वराजको निधनका कारण सो कार्यक्रमको मिति परिवर्तन भएको थियो ।
काश्मीरमा भारतले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ भने सो क्षेत्रमा कफ्युसमेत लगाइएको छ । इन्टरनेट, मोबाइल र ल्यान्डलाइन फोन सेवासमेत अवरुद्ध रहेको बीबीसीले बताएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।