२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रशासन कानुन अझै अन्योलमा



अ+ अ-

काठमाडौं । संघीय निजामती सेवा ऐन जारी गर्ने विषय पेचिलो बन्दै गएको छ । संसद्मा छलफल क्रममा रहेको विधेयकका कतिपय विषय लामो समयसम्म टुंगिन नसक्दा यो विषय पेचिलो बन्दै गएको हो ।ऐनको रूप दिन संसद्मा दफावार छलफलको क्रममा रहेको विधेयकका कतिपय विषयमा सांसदबीच सहमति जुट्न सकेको छैन । संसद्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समेत छलफल जारी राखेको छ ।

विधेयकले ऐनको रूप लिन समय लाग्दा कर्मचारी भर्ना तथा सेवा सर्त तोक्ने सन्दर्भमा समस्या देखिएको छ । संघीय सरकारले तयार गरेको निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तका आधारमा प्रदेश र स्थानीय तहले कानुन निर्माण गरी कार्यान्वयनमा ल्याउनुपर्नेहुन्छ । संघीय सरकारले संघीय निजामती सेवा ऐन ल्याउन नसक्दा प्रदेश र स्थानीय तहले पनि कर्मचारी प्रशासनसम्बन्धी कानुन ल्याउन सकेका छैनन् ।

छलफलमा निजामती सेवा सम्बन्धित सिद्धान्त, करार सम्झौता, विभागीय कारबाहीका विषय, ट्रेड युनियनका विषय, प्रदेश तहमा संघबाट सचिव पठाउने प्रस्ताव, स्थानीय तहमा प्रमुख कार्यकारी अधिकृत पठाउनेलगायतका विषय टुंगोमा पुग्न सकेको छैन । कर्मचारी सरुवा, बढुवा, निजामती सेवालाई संघीयस्वरूप अनुसारको बनाउन, सक्षम, सुदृढ, सेवामूलक उत्तरदायी र सहभागितामूलक बनाउने उद्देश्यका साथ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत २७ माघमा प्रतिनिधिसभामा विधेयक दर्ता गराएको थियो ।
सचिव बन्न एक वर्ष प्रदेशमा बस्नैपर्ने

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकमा सचिव बढुवासम्बन्धी नयाँ प्रावधान थप्ने तयारी गरिएको जनाएको छ । जसअनुसार विधेयकमा संघीय सरकारमा सचिव बन्नका लागि प्रदेशका मन्त्रालयका एक वर्ष अनिवार्य रूपमा काम गरेको हुनुपर्ने प्रावधान राखिने भएको छ ।

ट्रेड युनियन सम्बन्धमा विवाद कायमै

संघीय निजामती सेवा विधेयकमा कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने वा नदिने व्यवस्थामा समेत विवाद भएको छ । धेरै सांसदहरू सरकारी कर्मचारीलाई ट्रेड युनियन अधिकार दिने सम्बन्धमा विपक्षीमा उभिएका छन् । संविधानमा श्रमिकलाई मात्रै ट्रेड युनियनको व्यवस्था गर्ने उल्लेख भएकाले कर्मचारीलाई ट्रेड युनियन अधिकार दिन नहुनेमा धेरै सांसद उभिएका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।