३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

२३ करोडको सार्वजनिक जग्गा व्यक्तिगत बनाउन चलखेल

२३ करोडको सार्वजनिक जग्गा व्यक्तिगत बनाउन चलखेल
अ+ अ-

वीरगन्ज । वीरगन्ज महानगरपालिकास्थित एक बिघा ९ कट्ठा १० धुर सार्वजनिक (गौचरन) जग्गा व्यक्तिका नाममा बनाउने प्रयास तत्कालका लागि विफल भएको छ। महानगरपालिकाको वडा नम्बर २२ जगरनाथपुरस्थित परवानीपुर–आइसिपी बाइपास सडक नजिक रहेको सो जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर १७ बस्ने राकेशकुमार मास्केले आफ्नी आमा सावी मास्केका नाममा दर्ता कायम गर्न खोजेपछि स्थानीयको पहलमा रोक लगाइएको हो।

वीरगन्ज औद्योगिक क्षेत्र नजिक रहेको परवानीपुर–आइसिपी बाइपास सडकखण्डबाट दक्षिण जगरनाथपुर चोक जोड्ने मूल बाटो छेउमा सो जग्गा छ। जगरनाथपुर क्षेत्रमा कट्ठाको ८० लाख रुपैयाँ पर्ने स्थानीय बताउँछन्। यस आधारमा करिब २३ करोड ६० लाखसम्म मूल्य पर्ने सो जग्गा मास्के परिवारले आफ्नो नाममा बनाउन खोजेको स्थानीयले बताए।

व्यक्तिका नाममा बनाउन तयार पारिएका कागजातका आधारमा राकेशकुमारले पर्सा मालपोत कार्यालयबाट बिहीबार सो जग्गा आमा सावीको नाममा दर्ता कायम गराउन लाग्दा स्थानीयले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई खबर गरेर रोक्न लगाएका हुन्।
मालपोत कार्यालय रजिस्ट्रेसन फाँटका नासु प्रमोदकुमार मण्डल, वीगन्ज महानगरपालिका वडा नम्बर २२ का वडाध्यक्ष ग्यासुदिन मिया, काठमाडौं महानगरपालिका वडा नम्बर २९ का प्रशासकीय अधिकृत सुमन अधिकारी, काठमाडौं महानगरपालिका वडा नम्बर २९ बस्ने सावी मास्के, सोही महानगरपालिकाको वडा नम्बर १७ बस्ने सावीका छोरा राकेशकुमार, मालपोत कार्यालय पर्साका अन्य कर्मचारी र केही भूमाफियाको संलग्नतामा साबिकको मनियारी वडा नम्बर ६ को ४२ नम्बर कित्ताको सो जग्गा व्यक्तिका नाममा बनाउने खेल भएको जगरनाथपुरका बासिन्दाको दाबी छ।

‘काठमाडौंका केही व्यक्तिले मेरो गाउँको यो गौचरनको जग्गा हडपन लागेको मैले थाहा पाएको थिएँ, त्यस कारण यसको पुरानो नाप–नक्सा, फिल्डबुक र स्रेस्ताको प्रमाणित नक्कल निकालेर राखेको थिएँ, यसलाई जोगाउने दायित्य स्थानीय मुखिया ९वडा अध्यक्ष० को रहेकाले सम्पूर्ण कुरा उहाँलाई समेत जानकारी गराएका थिएँ। पछि त उनले नै सिफारिस लेखेर दिएको पो भेटियो,’ स्थानीय तेजबहादुर तुरहाले भने, ‘हामीले प्रमुख जिल्ला अधिकारीलाई भनेर दर्ता कायम हुनबाट आज ९बिहीबार० रोकेका छौं। ’ आफूले यसबारे राष्ट्रिय अनुसन्धान विभागको कार्यालयमा जानकारी गराउँदा रोक्नेतिर पहल नभएको उनले बताए।

ऐलानी जग्गा व्यक्तिका नाममा बनाउन लागेको थाहा पाएपछि स्थानीय आक्रोशित र अचम्मित छन्। ‘काठमाडौंका मान्छेले आफ्नो नाममा यसलाई कायम गराउन थालेको सुनेर दुःखी छौं, आक्रोशित छौं, अचम्मित छौं, बाबुबाजेको पालादेखि यो जग्गा गाउँको ऐलानी चौर हो,’ स्थानीय भुवन पटेलले् भने, ‘गाउँका युवा यस ठाउँमा फुटबल खेल्छन्। थ्रेसरको चलन नआउँदासम्म यहाँ धानको दाइँ हुन्थ्यो। पहिले गाई चराउने ठाउँ पनि हो यो। ’

स्थानी चन्दा देवीले पनि आफूले सुरुदेखि नै यो जग्गालाई ऐलानीका रुपमा चिनेको बताइन। ‘यो ऐलानी जग्गा हो,’ उनले भनिन, ‘अचम्म लागेको छ, कसैले यसलाई व्यक्तिगत बनाउन खोजेको सुनेर। ’

पर्साका प्रमुख जिल्ला अधिकारी भट्टराईले जिल्ला प्रशासन कार्यालयले बिहीबार नै मालपोत कार्यालयलाई कसैको नाममा सो जग्गा पास नगर्न पत्र लेखेको बताए। ‘थाहा पाउँदा साथ पत्र लेखेर जग्गा रोक्का गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘थप अनुसन्धान गरिरहेका छौं। ’

मालपोत कार्यालयका नासु मण्डलले यस विषयमा बुझाइको फरक परेको बताए। ‘मास्केलागयत आउनुभएको थियो स्रेस्ता अनुसारको लिखित प्रमाण लैजान भनेर। त्यो भएपछि राष्ट्रिय पत्रिकामा ३५ दिने सूचना प्रकाशित गर्नेदेखि यावत प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। फिल्डबुकमा ऐलानी गौचर लेखिएको जग्गा हतपत व्यक्तिका नाममा गइहाल्छ भन्ने होइन,’ मण्डलले भने, ‘जो व्यक्तिले यसबारे कुरा उठाउनुभएको छ, उहाँले कुरा नबुझेकाले व्यक्तिका नाममा लैजान खोजेको भन्ने ठान्नु भएको् होला। ’
राकेशकुमारले आमा सावीको वारेस बनेर सो जग्गासम्बन्धी सम्पूर्ण कागजात गराएका रहेछन्।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ को कार्लालयले सावी नै साबित्री मास्के हुन् भनी २०७१ माघ २५ मा प्रमाणित गरेर दिएको देखिन्छ। हाल मालपोत कार्यालय पर्साको रेकर्डमा साबिकको मनियारी वडा नम्बर ६ को ४२ नम्बर किताको सो जग्गा कसैको नाममा रहेको भेटिँदैन। श्री साबित्री भनी औंठीको छाप साबिक स्रेस्तामा रहेको उल्लेख छ। मनियारी ५ को नापी फिल्ड बुकमा भने स्पष्ट रुपमा सो जग्गालाई सार्वजनिक गौचरन भनी लेखिएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष मियाले भने गत जेठ २४ मा सो जग्गाको स्रेस्तामा रहेको श्री साबित्रीलाई ‘सावी मास्के’ भनी सिफारिस गरेका छन्। स्रेस्तामा भएको ‘श्री साबित्री’ लाई सिफारिसमा ‘मास्के’ थपेर ‘साबित्री मास्के’ भनी उनले जनाएका छन्। काठमाडौं महानगरपालिका २९ बाट सावी मास्के नै साबित्री मास्के भएको भनेर लेखाइएको छ।

तीनपुस्तेमा मियाले सावी मास्के जनाएका छन्। ‘उक्त जग्गा ऐलानी हो कि व्यक्तिगत ?’ भनी सोधिएको प्रश्नमा वडाध्यक्ष मियाले भने, ‘हामीले थाहा पाए अनुसार ऐलानी नै हो, पुरानो स्रेस्तामा गाउँका पुराना जमिनदारको नाममा रहेको फेलापरेको सुन्दैछु। ’ आफूले नाता प्रमाणित मात्र गरेको जग्गासम्बन्धी सिफारिस नगरेको दाबी उनले गरेको समाचार नागरिक दैनिकमा प्रकाशित छ ।