३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘चेतावनी’ पछि मात्र कोरम, सत्तारुढ दलकै सांसद अनुपस्थित

‘चेतावनी’ पछि मात्र कोरम, सत्तारुढ दलकै सांसद अनुपस्थित
अ+ अ-

काठमाडौं । संसद्को अवरोध फुकेको तेस्रो बैठकमै बिहीबार कोरम पुगेन। हाजिर गरेर सांसद भागेपछि कोरम पुगेन र दोस्रो बैठक बस्नुपर्‍यो। २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा विधेयकमाथि निर्णय गर्ने बेला ४१ जना सांसद मात्र उपस्थित थिए।

झन्डै दुई तिहाइको सत्तारुढ दलकै अधिकांश सांसद बैठकमा अनुपस्थित थिए। विधेयक पारित गरेर सरकारलाई सहयोग पुर्‍याउने दायित्व सत्तापक्षका सांसदको हो। तर बैठकमा हाजिर गर्दै सांसद सिंहदरबार र अन्यत्र जाने गरेका कारण बेला बेला कोरम नपुगी बैठक स्थगन हुने गरेको छ।

सभामुख महराले उद्योगमन्त्री मातृका यादवलाई सेफगार्ड, एन्टी डम्पिङ तथा काउन्टरभेलिङ विधेयक पारित गर्नका लागि प्रस्तावको अनुमति दिँदा कांग्रेस सांसद देव तिमिल्सेनाले कोरमको प्रश्न उठाएका थिए। त्यसपछि सभामुख महराले ३ मिनेटको जनाउ घन्टी बजाएर सांसदलाई बैठकस्थलमा आउने समय दिए। तर जम्मा ४१ जना मात्र उपस्थित भए। कुनै पनि प्रस्तावमाथि निर्णय गर्ने बेला एक चौथाइ अर्थात् ६९ जना सांसद उपस्थित हुनुपर्ने संवैधानिक व्यवस्था छ।

बैठकमा हाजिर गर्दै सांसद सिंहदरबार र अन्यत्र जाने गरेका कारण बेला बेला कोरम नपुगी बैठक स्थगन हुने गरेको छ।

कोरम नपुगेपछि सभामुख महराले १५ मिनेट बैठक स्थगित गरे। त्यसपछि कोरम पुर्‍याउने जिम्मा आइलाग्यो, नेकपाका प्रमुख सचेतक देव गुरुङ र सचेतक शान्ता चौधरीलाई। दुवै जनाले एसएमएस गर्दै सांसद बोलाउन थाले। सिंहदरबारस्थित नेकपाको संसदीय दलको कार्यालयमा फोन गरेर सांसदलाई नयाँ बानेश्वरस्थित संसद् भवनमा उपस्थित गराइदिन गुरुङले फोन गरेका थिए। प्रमुख सचेतकको चेतावनीयुक्त फोन र एसएमएसपछि सांसद दौडदै संसद् भवन पुगेका थिए।

दोस्रो बैठकमा कोरम पुग्यो र सरकारका विधेयक पारित भए। ‘सत्तारुढ दलकै सांसदमा पनि आफ्नो जिम्मेवारीबोध देखिएन,’ नेकपाका एक नेताले भने, ‘आफ्नो मूल काम के हो भनेर सांसदलाई पटक पटक सम्झाइरहनुपर्ने विषय होइन।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।