३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सिंहदरबारभित्रै कर्मचारी बेवारिस

सिंहदरबारभित्रै कर्मचारी बेवारिस
अ+ अ-

काठमाडौँ । उपत्यकाभित्रकै स्थानीय तहहरूले हाजिर नगराएपछि समायोजन रोजेका १ सय २० निजामती कर्मचारी बेवारिस बनेका छन् । गत चैतमै समायोजनमा परेका कार्यालय सहयोगीदेखि १० औं तह (उपसचिव) सम्मका निजामती कर्मचारीलाई काठमाडौं, भक्तपुर र ललितपुरका स्थानीय तहले पदस्थापना नगरेका हुन् ।

समायोजन भएको ठाउँमा जान नपाएपछि मन्त्रालय धाइरहेका कर्मचारीहरूले बिहीबार सिंहदरबारभित्रै केहीबेर धर्ना दिनुका साथै नाराजुलुस गरे । कर्मचारीले नाराजुलुस थालेपछि सहसचिव रुद्रसिंह तामाङले विवाद मिलाउने प्रतिबद्धता जनाएका थिए तर उधारो प्रतिबद्धता भन्दै कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिने बताएका छन् । मन्त्रालय र स्थानीय तहबीचको विवादले आफूहरू
अन्योलमा परेको कर्मचारीको दुःखेसो छ ।

समायोजन समस्या समाधानका लागि सहसचिव बाबुराम अधिकारी र आन्दोलनरत कर्मचारीबीच वार्ता भए पनि कुरा नमिलेको आन्दोलनमा सहभागीमध्येका छैटौं तहका कर्मचारी कमलनाथ ढकालले बताए । आन्दोलित कर्मचारीलाई आइतबार पुनः वार्ता गर्न डाकिएको छ । ‘मन्त्रालयले तपाईंहरूले समायोजन रोजेको ठाउँमा हाजिर गराउन नसक्ने भयौं भन्यो,’ ढकालले भने, ‘हामी समायोजन रोजेकै ठाउँमा जान पाउनुपर्छ ।’

भीमेश्वर नगरपालिका (दोलखा) का मेयरसमेत रहेका नेपाल नगरपालिका संघ ३ नम्बर प्रदेश संयोजक भरतबहादुर केसीले मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारी पठाएका कारण हाजिर गराउन कठिन भएको बताए । ‘दरबन्दीभन्दा बढी कर्मचारीलाई मात्रै फिर्ता पठाइएको हो,’ उनले भने, ‘दरबन्दी नै नभएको ठाउँमा कर्मचारी पठाउनु मन्त्रालयको कमजोरी हो, यसमा स्थानीय तहको कमजोरी छैन ।’

स्थानीय तहले पदस्थापना नगरेपछि मन्त्रालयमै हाजिर हुँदै आएका कर्मचारीहरूलाई साउन १९ देखि मन्त्रालयमा पनि प्रवेश दिइएको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले साउन १३ गते मन्त्रिस्तरीय निर्णयबाट स्थानीय तहमा समायोजन भएर मन्त्रालयमा हाजिर हुँदै आएका सबै कर्मचारीलाई समायोजित स्थानीय तहमै हाजिर गराउन परिपत्र गरेका थिए ।

मन्त्री पण्डितको निर्देशन उपत्यकाका स्थानीय तहले मानेका छैनन् । मन्त्रालयले समायोजनमा पठाएकामध्ये काठमाडौं महानगरपालिका र भक्तपुर नगरपालिकाले कसैलाई पनि हाजिर गराएका छैनन् । ललितपुर महानगरपालिका, सूर्यविनायक नगरपालिका, कागेश्वरी–मनोहरा, चाँगुनारायणलगायतका स्थानीय तहले भने दरबन्दीका कर्मचारीलाई हाजिर गराएर बाँकीलाई मन्त्रालयमै फिर्ता पठाएका छन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।