३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कोरिया पठाउने भन्दै ठगी

कोरिया पठाउने भन्दै ठगी
अ+ अ-

बागलुङ । काठेखोला–४ का मनराज थापाले कोरिया जाने आसमा गाउँकै अमरबहादुर पुनलाई २ वर्षअघि ५ लाख ६० हजार रुपैयाँ बुझाए । उनले कोरियामा मासिक २ लाख रुपैयाँसम्म कमाइ हुने सुनेका थिए । रकम बुझेका अमरबहादुर र उनका भाइ खड्गबहादुरले ढुक्क भएर बस्न भन्दै विदेश उडाइदिने सपना देखाइरहे ।

भाषापरीक्षा पास गर्नु नपर्ने गरी कोरिया उड्न पाइने आसले मनराजसहितका युवाले पैसा बुझाएका थिए । थापालाई अवस्था हेरी १० लाख देखि १४ लाख रुपैयाँसम्म लाग्छ भनिएको थियो । उनले उक्त रकम पेस्की दिएका थिए ।

रकम बुझेपछि अमरबहादुर र खड्गबहादुर सम्पर्कमै रहन छाडे । उनीहरू अरू युवासँग पनि त्यस्तै रकम असुल गरिरहेका थिए । सुरुमा एक महिनाको आश्वासन दिएका उनीहरूले पछि ६ महिनाभित्र उडाइदिने आश्वासन दिएका थिए । दुवै दाजुभाइ तंग्राम गाउँका मात्र ३० जनालाई ठगेर भारत पसेको खुलेको छ ।

सबैबाट गरी एक करोड रुपैयाँभन्दा बढी ठगेको प्रहरीको प्रारम्भिक अनुमान छ । उनीहरूले गाउँका लालबहादुर, नवीन पुन, भीमापोखराका विष्णुबहादुर थापालगायतसँग पनि जनही ५ लाख ६० हजार रुपैयाँ असुलेको पाइएको छ । तंग्रामकै १२ युवाले ४ लाख रुपैयाँ बुझाएको बताए । ‘आफ्नै गाउँघरका दाजुभाइले पठाउने भनेपछि विश्वासमा परेर रकम तिरियो,’ अर्का पीडित विष्णु थापाले भने, ‘यति बेइमान हुन्छ भन्ने सोचेका थिएनौं ।’

विदेश पठाउनुको साटो उनीहरू भारतको दिल्ली पुगेर बस्न थालेपछि युवाले आफूहरू ठगिएको आशंका गरेका थिए । ‘सुरुमा तयारी गर्दै होलान् भनेर बस्यौं, तर ऋणको ब्याज तिर्नुपरेपछि समस्या भयो,’ लालबहादुरले भने, ‘श्रीमतीको गहना र लालपुर्जा बैंकमा राखेका धेरै युवा ठगिएका छन् ।’ उनका अनुसार म्याग्दीका लोकबहादुर छन्त्याल पनि ठगिएका छन् । ‘छन्त्याल पटकपटक श्रीमतीको गहना फिर्ता गर्न नसकेर तनाव खेपेको बताउने गर्थे,’ उनले भने, ‘अहिले भेटघाट भएको छैन ।’

ठगिएको महसुस भएपछि पीडितहरू एकत्रित भएका छन् । डेढ वर्षपछि गतसाता गाउँमा आएको थाहा पाएपछि युवाले अमरबहादुरलाई समातेर प्रहरीमा बुझाएका छन् । वडाध्यक्ष केशर थापाले सहजीकरण गरेर पीडितलाई रकम फिर्ता गराउन पहल गर्ने बताए । ‘प्रहरीले अमरबहादुरमार्फत खड्गबहादुरलाई झिकाउने तयारी थालेको छ । ठगिएकाहरूले उजुरी दिने क्रम बढेको प्रहरी नायब उपरीक्षक झविन्द्रप्रसाद भट्टराईले बताए । उनले भने, ‘प्रमाण खोजेर ठगी मुद्दा चलाउने योजना छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।