३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दैनिक डेढ लाख लिटर दूध अपुग

दैनिक डेढ लाख लिटर दूध अपुग
अ+ अ-

काठमाडौँ । पछिल्लो समय मुलुकभर दैनिक डेढ लाख लिटर दूध अपुग भएको छ । उत्पादित दूध ग्रामीणरस्थानीय तहमै खपत हुँदा सहरी क्षेत्रमा अभाव भएको जानकारहरू बताउँछन् ।

दुग्ध विकास संस्थान (डीडीसी) का योजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सञ्जीव झाका अनुसार डीडीसीलाई दैनिक ५८ हजार लिटर अपुग छ । समग्र उद्योगलाई करिब ६२ हजार लिटर अपुग रहेको डेरी उद्योग संघका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

‘मुलुकभरि करिब ७ लाख ९० हजार लिटर चाहिन्छ । सुक्खा सिजनले बजारमा करिब १ लाख २० हजार लिटर अभाव छ,’ अध्यक्ष राजभण्डारीले भने, ‘करिब १५ दिन अभाव नै हुन्छ, त्यसपश्चात् पुनः स्वदेशी उत्पादनले धान्छ ।’ संघका अनुसार काठमाडौं उपत्यकामा दैनिक ५ लाख लिटर आवश्यक पर्छ । जसमध्ये दुग्ध विकास संस्थानले करिब १ लाख लिटर बिक्री वितरण गर्छ ।

निजी डेरी उद्योगहरूले दुईदेखि साढे दुई लाख लिटर वितरण गर्छन् । बाँकी अनौपचारिक क्षेत्रबाट बिक्री भइरहेको संघको दाबी छ । संस्थानका अनुसार अहिले दूधको सिजन नै हो । साउनमा माछामासु कम उपयोग हुने हुँदा दूध खपत अत्यधिक बढेको छ । किसानले उत्पादन गर्ने दूध आइपुगेको छैन ।

‘भदौ–असोजदेखि माघसम्म अत्यधिक उत्पादन हुन्छ । कात्तिकसम्म चाडपर्व पर्छ । पर्याप्त मात्रामा आउँदैन,’ झाले भने, ‘सीमित उत्पादनले अभाव देखियो ।’ संस्थानसँग काठमाडौंमा दुई र जिल्लामा ६ गरी ८ वटा प्रोजेक्ट छ । विराटनगरमा दैनिक ३० हजार संकलन भएकामा १० हजार लिटर खपत भएको छ । जनकपुरमा ३ हजार लिटर खपत हुनेमध्ये १ हजार लिटर मात्रै संकलन भएको छ । हेटौंडामा १० हजार लिटर खपत हुन्छ । ६ हजार लिटर मात्रै संकलन भएको छ ।

नेपालगन्जमा २ हजार लिटर खपत हुने भए पनि १५ सय लिटर मात्रै संकलन भएको झाले बताए । बुटवलमा ८ हजार खपतमा ७ हजार मात्रै संकलन भएको छ ।

धनगढीमा ३३ सय लिटर खपत हुनेमा १५ सय लिटर संकलन भएको छ । काठमाडौं लैनचौरमा ३ हजार लिटर खपत हुने संस्थानले जनाएको छ । ‘संस्थानको प्रोजेक्टमा दैनिक १ लाख ३९ हजार ५ सय खपत हुन्छ । दैनिक माग ८२ हजार लिटर मात्रै संकलन भएको छ,’ सहायक सूचना अधिकारीसमेत रहेका झाले भने, ‘यस हिसाबले संस्थानलाई मात्रै दैनिक ५८ हजार लिटर दूध अभाव छ । अभाव नभएको प्रोजेक्टबाट काठमाडौंमा भित्र्याइरहेका छौं ।’ संस्थानका अनुसार विराटनगर प्रोजेक्टले सेनालाई पाउडर दूध आपूर्ति गरिरहेको थियो ।

अहिले अभावकै कारण पाउडर कारखाना सञ्चालनमा समस्या भएको छ । ‘पाउडर उत्पादन गर्न नसक्दा सेनालाई दिन सकेका छैनौं,’ झाले भने । उनका अनुसार तराईमा बाढीरपहिरोले पशु मरेको छ । यसले गर्दा पनि दूधमा समस्या भएको हो । ‘दूध उद्योग बढी छन्, सबैलाई दूध चाहिएको छ,’ उनले भने, ‘पाउडर दूध आयात बन्द छ । त्यसैलले दूधमा हारालुछ देखिएको छ ।’ किसानलाई प्रोत्साहन गर्ने भन्दै हाल कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाउडर दूध आयात बन्देज गरेको छ ।

‘गत वर्ष पर्याप्त दूध थियो । किसानले दूध फाल्नुपर्ने अवस्था आयो । उद्योगीले दूध उठाउन नसक्दा आयात बन्देजको माग गर्‍यो,’ अध्यक्ष राजभण्डारीले भने, ‘गत वर्ष मलमासका कारण चाडपर्वमा पूजा भएन, दूधको खपत भएन । अहिले मलमास छैन, जसले गर्दा माग पनि हवात्तै बढेको छ ।’

महँगोमा पटनाबाट आयात
बजारमा दूध अभाव भएपछि संस्थान र निजी डेरी उद्योगले भारतको पटनाबाट महँगोमा दूध आयात गरिरहेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाउडर दूध आयात रोके पनि कच्चा दूध आयातका लागि स्वीकृति दिएको हो । दूध आयातका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट स्वीकृति चाहिन्छ ।

विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले असोजसम्म आयातको स्वीकृत दिएको बताए । ‘बजारमा आपूर्ति कम भयो । त्यसैले कच्चा दूधको आयात गर्न स्वीकृति दिएका छौं,’ महर्जनले भने, ‘पाउडर दूध आयात स्वीकृत छैन ।’

सस्थानले पटनाको सहकारी डेरीबाट संस्थानले पटनाको सहकारी डेरीबाट दूध आयात गर्ने तयारी गरेको छ । त्यसका लागि संस्थानको बोर्ड बैठकले स्वीकृति दिइसकेको झाले बताए । ‘नेपालमा बढी उत्पादन हुँदा संस्थानले उक्त सहकारीमा पठाउँछ । यता अभाव हुँदा सोही सहकारीबाट आयात गर्छौं,’ झाले भने, ‘दैनिक ६० हजार लिटर माग गरेका छौं तर ३० हजार लिटरभन्दा बढी दिएको छैन ।’

आयात गर्ने स्वीकृति पाए पनि प्राविधिक कारणले आयात भइनसकेको उनले बताए । ‘ट्यांकर व्यवस्थापन, रुट व्यवस्थापनका लागि केही ढिलाइ भएको छ,’ उनले भने, ‘यही साताभित्र आयाततर्फ कोसिस गर्नेछौं । दूधमा समस्या नहुन्जलेसम्मका लागि मात्रै आयात हुन्छ ।’

संस्थानबाहेक डेरी उद्योगीहरूले पनि आयात स्वीकृति पाइसकेका छन् । उनीहरूले केही दिनयता आयात सुरु गरिसकेको संघका अध्यक्ष राजभण्डारीले बताए । ‘गत सातादेखि आयात गरिरहेका छौं,’ उनले भने, ‘डेरी उद्योग संघले दैनिक ६० हजार लिटरमध्ये बुधबार १५ हजार आयात गरेको छ । सुजल डेरीले ४० हजार लिटर आयात गरेर पाउडर दूध बनाएको छ ।’ संस्थान र उद्योगीहरूले प्रतिलिटर ७ रुपैयाँ महँगोमा आयात गरिरहेका छन् ।

दूधको मूल्य बढाउने तयारी
सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । किसानको लागत खर्च नउठेको व्यवसायीको गुनासोपश्चात् मूल्य बढाउने तयारी गरेको हो । ‘दूधको मूल्य बढाउने सन्दर्भमा गृहकार्य भइरहेको छ । तर, कति बढाउने भन्ने सन्दर्भमा टुंगोमा पुगेको छैन,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्त तेजबहादुर सुवेदीले भने । स्रोतका अनुसार मूल्य बढाउने विषयमा मन्त्रालयमा दैनिक छलफल सुरु हुन्छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।