![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/07/death-1.jpeg)
विराटनगर । वर्षासँगै चलेको हावाहुरीले लडाएको रुखको हाँगाले लागेर मोरङको कानेपोखरी गाउँपालिका–७ आइतबारेमा एक महिलाको मृत्यु भएको छ भने एक वृद्धा घाइते छन्।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार मृत्यु हुनेमा ५१ वर्षीय पार्वता भट्टराई रहेका छन् ।
रुखको हाँगाले लागेर घाइते भएकी उनको उपचारका क्रममा पथरी अस्पतालमा बिहीबार साँझ ७ बजे मृत्यु भएको जानकारी खिउजुले दिए। उनका अनुसार घटनामा परेर ७० वर्षीय दुर्गा भट्टराई सामान्य घाइते भएकी छन्।
दुर्गा र पार्वता एउटै परिवारका सासू बुहारी हुन्।