३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मेडिकल शिक्षाको शुल्क तोक्न निर्देशन

मेडिकल शिक्षाको शुल्क तोक्न निर्देशन
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै चिकित्सा शिक्षाको शुल्क तोक्न सरकारलाई निर्देशन दिएको छ । मेडिकल कलेजहरूको अनियमिततामाथि छानबिन गरिरहेको संसदीय समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई १० बुँदे निर्देशन दिएको हो ।

एमबीबीएस, बीडीएसलगायत मेडिकल शिक्षासम्बन्धी विषयको भर्ना सुरु हुन लागेको छ । चिकित्सा शिक्षा आयोगलाई समेत समितिले शुल्क तोक्न निर्देशन दिएको छ । गत वर्ष भर्नाअघि नै विश्वविद्यालयले मेडिकल शिक्षाको शुल्क तोकेका थिए । त्यसपछि मात्रै मन्त्रिपरिषद्ले शुल्क तोक्दा कलेजहरूले मनोमानी गर्ने मौका पाएका हुन् ।

चिकित्सा शिक्षा ऐनले मेडिकल शिक्षाको शुल्क आयोगले निर्धारण गर्ने व्यवस्था गरेको छ । शैक्षिक सत्र सुरु हुन लाग्दासमेत आयोगले पूर्णता पाउन सकेको छैन । सोही कारण एकीकृतप्रवेश परीक्षा, शुल्क, सिट निर्धारणलगायत आयोगका क्षेत्राधिकारभित्र पर्नेकाम टुंगिन सकेको छैन । विद्यार्थीभर्ना लिनुअघि नै शुल्क तोक्न सरकारमार्फत आयोगलाईनिर्देशन दिइएको समिति सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

गत वर्ष सरकारले एमबीबीएस अध्ययन गर्न उपत्यकाबाहिर र भित्र क्रमशः ४२ लाख ४५ हजार र ३८ लाख ५० हजार शुल्क तोकेको थियो । मेडिकल कलेजहरूले त्योभन्दा बढी शुल्क लिइरहेको समितिले गरेको छानबिनमा समेत भेटिएको छ । सरकारले शुल्क तोक्नुअघि काठमाडौं विश्वविद्यालयले ४५ देखि ४७ लाखसम्म शुल्क लिन कलेजहरूलाई सर्कुलर गरिसकेको थियो ।

मेडिकल कलेज सञ्चालकले पनि आफूखुसी शुल्क तोकेका थिए । सरकारले शुल्क तोकेपछि असन्तुष्ट त्रिभुवन र काठमाडौं विश्वविद्यालयका पदाधिकारी मेडिकल कलेजहरूको मानोमानीमा समेत मौन बसेका हुन् ।

यसपटक गत वर्षजस्तो नहोस् भनेर छानबिन टुंगो नलाग्दै निर्देशन जारी गरिएको उपसमिति संयोजक सुरेशकुमार राईले जनाए । मेडिकल कलेज सञ्चालकहरूले समेत शुल्क वृद्धि गर्न लबिइङ गरिरहेका छन् । समितिले ऐनकै व्यवस्थाअनुसार विश्वविद्यालय, प्रतिष्ठान वा शिक्षण संस्थाको लागत तथा सञ्चालन खर्च, भौगोलिक अवस्थिति, लगानी त्यसको प्रकृति, पूर्वाधार, छात्रवृत्ति, सिटसंख्या, स्वास्थ्यसेवालाई मूल्यांकन गरेर शुल्क तोक्न भनेको छ ।

समितिले एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्न र विदेशी विद्यार्थी भर्नाको एकीकृत मापदण्ड तोक्न आयोगलाई भनेको छ । मेडिकल कलेज र अस्पतालको वर्षमा दुई पटक अनुगमन र मूल्यांकन गरी स्तर निर्धारण गर्न समितिले सुझाएको छ । नियमकारी र सम्बन्धनकर्ता निकायले वार्षिक दुई पटक कलेज र अस्पतालको अनुगमन गर्नुपर्नेमा संसदीय समितिले जोड दिएको हो ।

न्यूनतम मापदण्ड पनि पूरा नगरेका शिक्षण अस्पतालको सम्बन्धन खारेजी गर्न निर्देशिका जारी गर्न सरकारलाई निर्देशन दिइएको हो । ‘मापदण्ड पूरा नगरेका कलेज तथा अस्पताललाई मापदण्ड पूरा गर्न निश्चित समय दिनुपर्छ,’ समितिले सरकारलाई दिएको निर्देशनमा भनिएको छ, ‘स्तरवृद्धि गर्न नसकेका कलेजहरूको स्वतः सम्बन्धन खारेजी गर्ने निर्देशिका चाहिन्छ ।’, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।